News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

अझै रिहा भएनन् विप्लव नेतृत्व नेकपाका नेता तथा कार्यकर्ता

'सहमति कार्यान्वयनमा ढिलाई भएपछि महासचिव विप्लव पुगे प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा'

काठमाडौं । एक महिना हुन लाग्दा समेत सहमति कार्यान्वयन नभएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेकपाका महासचिव विप्लवले सहमति अनुसार आफ्ना पार्टीका नेता तथा कार्यकर्ता रिहा गर्न ढिलाई भएकोमा प्रश्न गरेको वार्तामा सहभागी नेकपाका नेता उदयबहादुर चलाउनेले जानकारी दिएका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले सहमति अनुसार जेलमा र थुनामा रहेका नेता तथा कार्यकर्ता रिहाईका लागि प्रक्रिया अगाडि बढेको जानकारी दिएका थिए ।

गत फागुन २० गते सरकार र प्रतिबन्धित नेकपा बीच ३ बुँदे सहमति भएको थियो । सहमति अनुसार नेकपा माथि लगाईएको प्रतिबन्ध हटाउने, जेल तथा थुनामा रहेका नेता तथा कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने रहेका छन् ।

प्रतिक्रिया