News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

ओलीको धम्कीसँग नडराउन नेतृ अष्टलक्ष्मीको आग्रह

'ओलीको धम्कीसँग नडराउनुस्, पद ठूलो कुरा होइन, कम्युनिष्ट आन्दोलन जोगाउनु ठूलो कुरा हो'

काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीको धम्कीसँग नडराउन आग्रह गरेकी छिन् । ‘ओलीको धम्कीसँग नडराउनुस्, पद ठूलो कुरा होइन,’ राष्ट्रिय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेतृ शाक्यले भनिन्–‘कम्युनिष्ट आन्दोलन जोगाउनु ठूलो कुरा हो ।’

नेतृ शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको अपमान धेरै सहेको बताउँदै सभामा भनिन्–‘हामीले यो बीचमा धेरै पीडा भोग्यौँ । अपमान सह्यौँ । तर पनि हामीहरुको लागि पद ठूलो कुरा होईन ।’

राष्ट्रिय कार्यकर्ता भेलामा अलि कडा रुपमा प्रस्तुत भएकी नेतृ शाक्यले भनिन्–‘ओली सच्चिनुहुन्छ कि भनेर प्रयास ग¥यौँ तर सकेनौँ । आफ्नै नेताहरुको अपमान गर्ने काम बारम्बार भईरह्यो । अब सहन सकिदैंन ।’

डनन्यूज ट्रेन्डिङ