News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

सडक दुर्घटनामा परी पर्वतका गिरीको मृत्यु

'सराङकोटबाट पोखरा आउँदै गरेको मोटरसाईकल सडकबाट ५० मिटर तल खसेको थियो'

पोखरा । आफैंले चलाएको मोटरसाईकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा चालकको मृत्यु र पछाडि सवार व्यक्ति घाईते भएका छन् । दुर्घटनामा परी घाईते भएका मध्ये ३२ वर्षका मोटरसाईकल चालक माधव गिरीको उपचारका क्रममा मृत्यु भएको छ । आज दिउँसो १ बजे पोखरा वडा नं. २ स्थित पोखरा–सराङकोट सडकखण्डस्थित गुम्बा नजिक सराङकोटबाट पोखरा आउँदै गरेको मोटरसाईकल सडकबाट ५० मिटर तल खसेको थियो ।

ग १८ प ४८१४ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित हुँदा मोटरसाईकल चालक पर्वत कुस्मा नगरपालिका वडा नं. ७ चुवा बस्ने वर्ष ३२ का गिरीको उपचारका क्रममा सहारा अस्पताल पोखरामा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । मोटरसाईकलको पछाडी बस्ने सोही ठाउँका ३२ वर्षीय गोविन्द गिरीको फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको छ । उनको अवस्था मध्यम खालको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया