News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य भिडियो मनोरञ्जन समाचार

पल र गीताको ‘सल्लाह गरेर’ भाग्ने योजना सार्वजनिक

'लोकलयमा आधिरित यस गीतमा सिडी विजय अधिकारी, रमेश कडेल, रचना रिमाल र मनिषा राईको स्वर सुन्न सकिन्छ'

काठमाडौँ । नायक पल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना अभिनित ‘सल्लाह गरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

लोकलयमा आधिरित यस गीतमा सिडी विजय अधिकारी, रमेश कडेल, रचना रिमाल र मनिषा राईको स्वर सुन्न सकिन्छ। डिपी खनालको शब्द रहेको यस गीतलाई शंकर थापा ुस्माइलुले संगीतवद्द गरेका हुन्। गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ।

सन्तोष राजबाहकले कोरियोग्राफी यस भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन्। भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ। सुर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियोलाई उत्तम श्रेष्ठ ुशिशिरुको निर्देशनमा तयार पारिएको हो। ईनाक्षी इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया