News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

गोईत समूहले बम बिष्फोट गराएको आशंका

'विष्फोट भएको स्थानमा गोइत समूहको पर्चा भेटिए पछि घटनामा संलग्न समूहको व्यापक खोजी'

सिराहा । सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा भएको बम विस्फोट तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)ले गरेको आशंका प्रहरीले गरेको छ । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिए पछि प्रहरीले घटनामा संलग्न समूहको व्यापक खोजी कार्य जारी राखेको छ ।

आज दिउँसो करिब १ बजेतिर भएको कुकर बम विष्फोटमा परी सात जना घाइते भएका छन् । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको छ । बम विष्फोटमा परी घाईते हुनेहरुको लाहानस्थित सप्तश्रषि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

बम विष्फोटमा परी घाइते हुनेमा सुब्बा शिवकुमार यादव र सेवाग्राही दिनेशकुमार भण्डारी लगायत रहेका छन् । जसमध्ये भण्डारीको अवस्था गम्भिर भएकोले थप उपचारको लागि हेलिकोप्टर मार्फत् काठमाडौं लैजाने तयारी भईरहेको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए । थप घाईतेहरुको उपचार विराटनगरमा भईरहेको छ ।

प्रतिक्रिया