
१मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
३तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
७फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
८रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
११पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
१२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
पोखरा । मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २२ औं वार्षिकोत्सवको अवसरमा करिब साढे ३ लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ती वितरण गरेको हो ।
प्रतिष्ठानले कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ स्थित निष्पक्ष माविलाई ९० हजार बराबरको विज्ञान सामाग्री, पुरन्चौरको विन्धेश्वरी माविलाई ४० हजार बराबरको पुस्तक, धम्पुसको उदय माविलाई २० हजार बराबरको पुस्तक र क्रमश धम्पुसको पृथ्वीनारायण मावि, भुजुङखोलाको माछापुच्छ्रे मावि र हेम्जाको विष्णुपादुका माविलाई १०/१० हजार बराबरको पुस्तक वितरण गरेको छ । त्यस्तै कास्कीका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार १५ विद्यार्थीलाई प्रतिष्ठानले १० हजारका दरले छात्रवृत्ति समेत वितरण गरेको छ ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले विद्यार्थीको आर्थिक अभावले शैक्षिक क्षेत्रमा अगाडी बढ्न नसकेको अवस्थामा प्रतिष्ठानको कामले सहयोग पुगेको बताए । साथै उनले विद्यालयले पाएको सामाग्रीको उच्चतम प्रयोग गरिदिन आग्रह गरे ।
त्यसैगरि माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का अध्यक्ष जुमबहादुर गुरुङले प्रतिष्ठनले गर्ने सहयोगलाई निरन्तरता दिन आग्रह गरे । त्यस्तै सोही ठाउँको बराह माविका प्रधानाध्यापक नरबहादुर गुरुङले प्रतिष्ठानको प्रशंसा गर्दै प्रतिष्ठानले शैक्षिक क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि सहयोग गरिरहेको जानकारी दिए ।
त्यस्तै निष्पक्ष मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण गिरीले सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त भएको सामाग्रीको उचित उपयोग गरिने प्रतिवद्धता व्यक्त गरे । निष्पक्ष माविका प्राचार्य दुर्गा बहादुर रावतले विद्यार्थीले विज्ञान प्रविधिलाई चिन्नलाई प्रतिष्ठानको सहयोग प्रति धन्यवाद व्यक्त गरे ।
प्रतिष्ठानका सचिव तथा कार्यक्रमका सभापति डिल्लीराम गिरीले विद्यालयले सामाग्री प्राप्त गरिसकेपछि त्यसको उच्चतम प्रयोग गरिदिन आग्रह गरे । प्रतिष्ठानको सहयोग प्रचारको लागि नभई विद्यार्थीको उज्वल भविष्यको लागि भएको उनले बताए । गत वर्षहरुमा प्रतिष्ठानद्वारा प्रदान गरिएको सामाग्रीको अनुगमनका क्रममा उच्चतम प्रयोग नभएको र कतिपय विद्यालयको सामाग्रीमा माकुराको जालो लागेको देख्दा आफुलाई दुःख लागेको गिरीले बताए । साथै विद्यालयलाई प्राप्त भएको शैक्षिक सामाग्रीबाट विद्यार्थीहरु कति लाभाम्वित भए/भएनन् भन्ने विषयमा विद्यालयले ध्यान दिनुपर्ने उनको जोड थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका कार्यसमिति सदस्य सूर्य गिरीले राखेका थिएभने संचालन प्रतिष्ठानका कोषाध्यक्ष अनिल लामिछानेले गरेका थिए ।
प्रतिष्ठानले विगत २२ वर्षदेखि विद्यार्थीको उज्वल भविष्यको योजनामा टेवा पु¥याउन शैक्षिक सामाग्री र छात्रवृत्ती प्रदान गर्दै आइरहेको छ ।


१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला