
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
राज्यले उपल्लो डोल्पाबासीको पिडा नदेखेकामा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । चामल नभएकाले सात जनाको परिवार कसरी पाल्ने भन्दै तुण्डुप गुनासो गर्नुहुन्छ, “अनाजको नाममा उवा र आलुमात्र हुन्छ, नुन, खुर्सानीदेखि चामल दाल सबै अन्यत्रबाट किनेर खानुपर्छ,साँच्चै उपल्लो डोल्पालीलाई जिविकोपार्जनमै ठूलो सङ्घर्ष गर्नुपर्छ” । कात्तिकमै खाद्य सङ्कट परिसक्यो फेरी अर्को यार्सा टिप्ने बेलासम्म कसरी दिन काट्ने हो भन्ने चिन्ताले सताएको नाग्मा बताउनुहुन्छ । उक्त गाउँमा दश प्रतिशत नागरिक बाहेक अधिकाशंको पिडा उस्तै भएकाले निःशुल्क खाद्यान्न पठाइदिन सरकारसँग उहाँको आग्रह छ ।
रामचन्द्र न्यौपाने
डोल्पा, ३ कात्तिक । करिव ५० वर्षको देखिने उपल्लो डोल्पाका नेयार भोटेको मुखाकृति देख्दैमा थाहा हुन्छ कि उहाँ ठूलै पीरमा हुनुहुन्छ। डोल्पोबुद्ध गाउँपालिका–१स्थित धो गाउँमा बस्दै आउनुभएका उहाँ बिहान बेलुकीको छाक कसरी टार्ने र चामल किन्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले पीरोलिरहनुभएको हो ।
“कोरोनाका कारण यस वर्ष यार्सागुम्बा टिप्न पाइएन, चिनसँगको नाका पनि खुलेन, खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले चामल पनि पठाएन् हामीहरूलाई छाक टार्नै समस्या भयो । ” आठ जनाको परिवार पाल्दै आउनुभएका उहाँ भन्नुहुन्छ, ।“उपल्लो डोल्पालीको आम्दानीको मुख्य स्रोतको रूपमा रहेको यार्सागुम्बा टिप्न नपाएपछि पैसा पनि देख्नै मुश्किल छ, किनेरै खान पाए पनि कसरी किन्नु ।” नेयारका अनुसार भोकै बस्न पनि नसकिएकाले तल्लो डोल्पाबाट ल्याइएको बजारीया चामल छत्तिस प्रतिशत ब्याजसमेत जोडेर उधारामा किनेर खाने गर्नुपरेको त्यसमा पनि तीस किलोग्रामको चामललाई रू छ हजार तिर्नुपर्छ, त्यहि चामल तल्लो डोल्पामा पन्ध्रसयदेखि दुई हजारसम्म पर्छ । रकम चुक्ता नगरूञ्जेलसम्म छत्तिस प्रतिशतका दरले ब्याज बढ्दै जाने नेयारको भानाइ छ ।
केही गाउँलेले उधारोमा चामल किनेर रू २० लाख लाखसम्म उधारो तिर्नु परेको र आफूले पनि तीनजना साहूलाई चामलको लागि मात्रै रू तीन लाख तिर्नुपर्ने भैसक्यो,अझै रू पाँच लाखसम्म पुग्ने अनुमान गरेको उहाँ बताउनुहुन्छ । कोरोनाका कारण यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाउनाका साथै चीन सरकारले पनि ‘रूट परमिट’ नदिएको र सहुलितयको सरकारी कोटाको चामल पनि नपाउँदा उपल्लो डोल्पामा यस्तो खाद्य सङ्कट सिर्जना भएको हो ।
नेयार मात्र होइन धो गाउँकाका नाग्मा गुरूङ्ग र तुण्डुप मगरलगायतमा पनि उस्तै खाद्य सङ्कटको चिन्ता छ । राज्यले उपल्लो डोल्पाबासीको पिडा नदेखेकामा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । चामल नभएकाले सात जनाको परिवार कसरी पाल्ने भन्दै तुण्डुप गुनासो गर्नुहुन्छ, “अनाजको नाममा उवा र आलुमात्र हुन्छ, नुन, खुर्सानीदेखि चामल दाल सबै अन्यत्रबाट किनेर खानुपर्छ,साँच्चै उपल्लो डोल्पालीलाई जिविकोपार्जनमै ठूलो सङ्घर्ष गर्नुपर्छ” ।
कात्तिकमै खाद्य सङ्कट परिसक्यो फेरी अर्को यार्सा टिप्ने बेलासम्म कसरी दिन काट्ने हो भन्ने चिन्ताले सताएको नाग्मा बताउनुहुन्छ । उक्त गाउँमा दश प्रतिशत नागरिक बाहेक अधिकाशंको पिडा उस्तै भएकाले निःशुल्क खाद्यान्न पठाइदिन सरकारसँग उहाँको आग्रह छ ।
केही गाउँलेले उधारोमा चामल किनेर रू २० लाख लाखसम्म उधारो तिर्नु परेको र आफूले पनि तीनजना साहूलाई चामलको लागि मात्रै रू तीन लाख तिर्नुपर्ने भैसक्यो,अझै रू पाँच लाखसम्म पुग्ने अनुमान गरेको उहाँ बताउनुहुन्छ । कोरोनाका कारण यार्सागुम्बा टिप्न प्रतिबन्ध लगाउनाका साथै चीन सरकारले पनि ‘रूट परमिट’ नदिएको र सहुलितयको सरकारी कोटाको चामल पनि नपाउँदा उपल्लो डोल्पामा यस्तो खाद्य सङ्कट सिर्जना भएको हो ।
यस बर्ष आर्थिक उपार्जनको मुख्य स्रोतको रूपमा रहेको यार्सागुम्बा टिप्न नपाएकाले यहाँका बासिन्दाले स्थानीय साहूसँग छत्तिस प्रतिशत ब्याजमा चामल किन्न बाध्य भएको वडा नं ३ का अध्यक्ष पाल्जाङ्ग गुरुङ बताउनुहुन्छ “अघिल्लो बर्ष यार्सा बेचेको पैसाले चीनियाँ नाकाबाट सरकारी खाद्यान्न ल्याउँथे, एक घरलाई १२ बोरासम्म खाद्यान्न पथ्र्यो,अहिले सो खाद्यान्न नपाएपछि सहुलियतको खाद्यान्न उपलब्ध गराउन यहाँका बासिन्दा पटक–पटक गाउँपालिकामा धाउने गरेको उहाँको भनाइ छ । चामल नपाएपछि उनीहरूले अहिले उवाको सातु खाएर छाक टार्दै आएका छन् ।माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुडो गाउँपालिकास्थित फोक्सुण्डो, साल्दाङ्गलगायतका विकट गाउँबस्तीमा पनि खाद्यवस्तुको उस्तै समस्या भएपनि छार्काताङ्सोङ्ग गाउँपालिकाका बासिन्दा भने मुस्ताङ्बाट चामल ल्याएर खाने गर्दछन् ।
उनीहरूले खाद्य संस्थानको चामल नखाएको तीन बर्ष भएको उक्त गाउँपालिकाले जनाएको छ ।डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकालाई चीनिँया नाकासम्म पुगेर खाद्यान्न ल्याउन नजिक पर्ने भएपनि छार्काका बासिन्दालाई भने धेरै टाढा पर्ने गरेकाले मुस्ताङ जाने गरेका हुन् । उपल्लो डोल्पाका लागि खाद्यान्न लैजान नेपाल सरकारका तर्फबाट सबै प्रक्रिया पु¥याएर ‘रूट परमिट’का लागि चीनसँग अनुमति माग गरिएकामा अनुमति नदिइएकाले खाद्यान्न लैजान नसकिएको खाद्य ब्यवस्था तथा व्यापार कम्पनीका शाखा प्रमुख कमलराज पाण्डे बताउनुहुन्छ । आव ०७६/७७ मा उपल्लो डोल्पाका लागि मात्रै चार हजार क्विन्टर खाद्यान्न स्विकृति भएपनि ढुवानी हुन नसकेको उहाँको भनाइ छ ।आव २०५६/५७ देखि नै चीनिँया बाटो हुँदै मोरिम्ला र क्याटो नाकासम्म चामल र नुन पु¥याएर उपल्लो डोल्पावासीलाई उपलब्ध गराउने गरिएको थियो । आफूहरूको समस्या बुझेर संघीय र केन्द्रीय सरकाले खाद्यान्न उपलब्ध गराइदिनु पर्नेमा त्यहाँका जनताले माग गरेकाछन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !