
१डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
२सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
३चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
४नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
५आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
८पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
९डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१०ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
११पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आजको सहमतिले कम्युनिष्ट भनेका विद्रोही मात्र होइन शान्तिका दूत हुन भन्ने पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिपूर्ण राजनीतिका माध्यमबाट विकास र समृद्धिको यात्रामा अघि बढ्ने सहमतिप्रति पूर्ण प्रतिबद्ध छौँ, सहमति पालना गर्छाैँ ।”
कसैलाई पनि पीडा दिएर होइन नेपाली श्रमको योगदानबाटै मुलुकलाई विकासको चरणमा रुपान्तरण गरौँ भन्दै महासचिव चन्दले जनतालाई आफ्नो भविष्यबारे फैसला गर्न अधिकार दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । जनता र राष्ट्रको हितका लागि जुटेको स्वर्णीम अवसरलाई सफल तुल्याउन उहाँले सबैसँग आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओली र महासचिव चन्दको उपस्थितमा भएको सहमतिपत्र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहको नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्माले आदानप्रदान गर्नुभएको थियो । सरकार र चन्द समूहको नेकपाबीच देशको राजनीतिक समस्या वार्ता तथा संवादबाट समाधान गर्ने, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने, कारागारामा रहेका पार्टीका नेता तथा कार्यकर्तालाई रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने तीनबुँदे सहमति भएको छ ।
विसं २०७५, फागुन २८ गते भूमिगत राजनीतिकमा प्रवेश गरेको नेकपा चन्द समूह सरकारसँगको निरन्तर एक वर्षको वार्ता र छलफलपछि शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको हो । देश र जनताको हितलाई ध्यानमा राखेर चन्द समूहसँग करिब एक वर्षदेखि औपचारिक र अनौपचारिक तथा विभिन्न माध्यामबाट वार्ता हुँदै आएकामा नेपाली कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण घटना भएका दिनको अवसरमा सहमति जुटेको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले बताउनुभयो ।
नेकपाको वार्ता टोलीका सदस्य दीपक चलाउनेले अग्रगमन, शान्ति र स्थायित्वका लागि आज भएको सहमति ठूलो उपलब्धि र इतिहासको रचना गर्ने नियमित आकस्मिकता र संयोग निर्माणमा महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र दुवै तर्फका वार्ता टोलीका सदस्यसहितको उपस्थिति थियो भने कार्यक्रमस्थल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको हल र परिसर खचाखच भएको थियो ।