News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘वार्ताका लागि समिति गठन सकारात्मक’ : नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले मुलुकका सबै समस्याको समाधान वार्ता र संवादबाट गर्नुपर्ने मान्यतामा आफू दृढ रहँदै आएको उल्लेख गर्दै सरकार र प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग वार्ताका लागि समिति गठन गर्नुलाई सकारात्मकरुपले लिएको जनाइएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सरकार र प्रतिबन्धित नेकपाले इमान्दारपूर्वक बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने विश्वास व्यक्त गर्नुभएको छ ।

डनन्यूज ट्रेन्डिङ