
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको भोलिपल्ट आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरण, सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रमा राखेर गम्भीर आत्मसमीक्षासहित अघि बढ्ने निर्णय गरेको हो ।
बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई खारेज गरेर पुनःस्थापित गर्ने फैसलालाई उच्च मूल्याङ्कन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । “त्यसले प्रतिनिधिसभा पुनःस्थापना मात्र गरेको छैन, संविधान र लोकतन्त्रको पनि रक्षा गरेको छ । यसले देशलाई प्रतिगामी षड्यन्त्रको चक्रब्यूहमा, राजनीतिक सङ्कटको अँध्यारो सुरुङतिर लैजाने खतराबाट बचाउन योगदान पु¥याएको छ”, बैठकपछि उहाँले भन्नुभयो । बैठकले विघटनविरुद्धको आन्दोलनमा सक्रिय हुने सबै राजनीतिक पार्टी, नागरिक समाज, बुद्धिजीवी र आम जनसमुदायलाई धन्यवाद दिएको छ ।
प्रवक्ता श्रेष्ठले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम न्यायालयले असंवैधानिक ठहर गरिसकेको अवस्थामा प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पनि बताउनुभयो । “प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भनेका थियौँ, तर अहिलेसम्म भएको छैन”, उहाँले भन्नुभयो, “अदालतको फैसलाअनुसार अब छिट्टै संसद्को बैठक बस्दैछ । सो बैठकबाट संविधानअनुसार नै अरु प्रक्रिया अघि बढ्छ ।”
आफूहरु जहिले पनि पार्टी एकताका पक्षमा रहेको दोहो¥याउँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “हामी हिजो पनि पार्टी एकताको पक्षमा थियौँ, संविधान र लोकतन्त्रका पक्षमा, जनमुखी विकासका पक्षमा जान सकिएन भनेर बहस चलाएका थियौँ ।” उहाँले अगाडि भन्नुभयो, “पार्टीलाई फुटाउने, चोइट्याउने प्रयत्न भएकाले हामीले त्यसको विरोध गरेका हौँ, अहिले पनि हामी पार्टी एकताको पक्षमा छौँ । तर पार्टी एकतालाई प्रहार गर्ने, गुट र फुटमा रमाउने त्यस क्रममा संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने प्रवृत्तिले आत्मालोचना नगरे पार्टी एकता ‘कुरा’मात्रै हुन्छ ।”
प्रधानमन्त्रीले आफूले चालेको कदमप्रति आत्मालोचना नगरेसम्म पार्टी एकता हुन नसक्ने जिकिर गर्दै प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिएर गल्ती गरेको स्वीकार गर्नुभयो भने एकता सम्भव हुने उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा अध्यक्षद्वयको भेटका विषयमा सञ्चारकर्मीले सोधेको जिज्ञासामा उहाँले मुलुकलाई स्थिरतातर्फ लैजान सबै लोकतन्त्रवादी शक्ति मिलेर जानुपर्छ भन्ने विषयमा छलफल केन्द्रित भएको प्रष्ट पार्नुभयो । बैठकले भ्रममा परेर बाटो विराएका नेता, कार्यकर्तालाई मूल पार्टीमा फर्कन पनि आह्वान गरेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन