
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा । राज्य प्रणालीबाट अधिकार उपयोग गर्ने मूलढोकामै ताल्चा लगाइएको गुनासो गरिएको छ । अधिकार प्राप्त गर्ने मूलढोका नै ताल्चा लगाएर महिलालाई आश्रित बनाइएको पीडा पनि पोखिएको छ ।
नेत्री डा विन्दा पाण्डे आमाका नामबाट नागरिकता दिने विषयमा राज्यबाट भएको विभेदप्रति असन्तोष व्यक्त गर्नुहुन्छ । “राज्यका हरेक निकाय शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा हरेक क्षेत्रमा नागरिकता आवश्यक हुन्छ । नागरिकताविना केही हुँदैन तर त्यहीभित्र पस्ने मूल गेटमा ताल्चा लगाइएको छ । अब त्यसभित्रको अधिकार जे भए पनि महिलाले कसरी उपयोग गर्न सक्छन्?” उहाँले भन्नुभयो । आमाका नामबाट नागरिकता दिने स्थानमा लैंङ्गिक संवेदनशीलता नबुझ्ने पुरुष मानसिकता मात्रै हावी हुँदा महिलाले पाइलापाइलामा विभेदको सामना गर्नुपरेको धारणा उहाँको छ ।
“नागरिकता पहिचान गर्ने अधिकार पुरुषमा हुनु र पुरुषको सहयोग लिनुपर्ने प्रावधानले महिलालाई सधैँ आश्रित रुपमा राखिएको छ”, पूर्वसांसद डा पाण्डेले भन्नुभयो, “नागरिकतामा राज्यले विभेद गरेको र पैत्रिक सम्पत्ति, आर्थिक अधिकारमा घरदेखि नै जन्मदिने आमाबुबाबाटै विभेदको सामना गर्नुपरेको छ ।”

पैत्रिक सम्पत्तिमा आफ्नै आमाबुबाले छोराछोरीमा समान सोच राख्न नसकेको जनाउँदै उहाँले बनेका कानूनका बारेमा पनि पर्याप्त प्रचारप्रसार हुन नसक्दा धेरै महिला आफ्नो अधिकारका बारेमा नै अनभिज्ञ रहेको बताउनुभयो ।
नेत्री विद्या भट्टराई प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसक्दा सामाजिक न्याय स्थापित हुन नसकेको बताउनुहुन्छ । “राज्यको सहयोग गर्ने प्रणाली भत्किएको छ तर नयाँ सहयोग गर्ने प्रणाली निर्माण हुन सकेको छैन, प्रणाली परिवर्तन भयो तर प्रवृत्ति उस्तै छ ।”
उहाँले लोकतन्त्रका धेरै संरचना निर्माण गर्न बाँकी रहेकाले महिलाको एकीकृत शक्तिको खाँचो आँैंल्याउनुभयो । निवर्तमान सांसद भट्टराईले भन्नुभयो,“महिला विकासका लागि महिलाको साझा मुद्दा र समस्यामा सङ्गठित र एकीकृत आवाजको आवश्यकता हुन्छ, यसले चुनौतीमा जुध्ने शक्ति प्रदान गर्छ भने कानूनमा लेखिएका कुरालाई कार्यान्वयनमा जान सहयोग पुग्छ ।” नेत्री भट्टराईले महिलाको मर्यादा र सामाजिक मूल्यको व्याख्या यौनसँग जोड्नु नै तिनलाई कमजोर बनाउने हतियार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला यौनिकतामाथि प्रश्न गर्न नसक्ने हुनु नै मर्यादित हुनु हो भनेर चित्रित गरिँदा आज महिलालाई यौनिकता आधारमा आरोप लगाउने गलत संस्कारको विकास भएको छ ।”
यौन महिलाको मातृशक्तिसँग जोडिएको शक्तिशाली पक्ष भए पनि तिनलाई कमजोर बनाउन चरित्रको अस्त्रका रुपबाट प्रहार गर्ने गरिएको उहाँको भनाइ छ । उहाँले महिलाले बाहिर आफ्नो भूमिका खोज्न थालेमा अनेक प्रश्न उठ्ने र विविध खालका दृष्टिकोणले हतोत्साहित गर्ने गरिएको बताउनुभयो ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का अध्यक्ष पार्वती पाण्डेले पर्यटन क्षेत्रका महिलालाई सबल र सक्षम बनाउन विविध विषयको ज्ञान आवश्यक रहेको औँल्याउनुभयो । उहाँले महिलाले आफ्नो भूमिकाको खोजी गर्दा अनेक खालका विभेदको सामना गर्नुपरेको बताउनुभयो । ओटेफले शनिबार ‘समृद्धि र लैंङ्गिक न्याय’ विषयमा विचारगोष्ठी आयोजना गरेको पनि थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो