
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताउनुभएको छ ।
पोखरा–८ सिमलचौरमा सात जना युवाले सञ्चालन गरेको ‘सेभेन स्टार फुड एण्ड मार्ट’को शनिबार उद्घाटन गर्दै उहाँले युवाको जोश जाँगर र सामूहिक भावनाबाट मात्र मुलुकले गति लिने बताउनुभयो ।
प्रदेश प्रमुख शेरचनले देशको माटोको माया गरेर जन्मभूमि प्रतिकर्म गर्ने युवाप्रति सधै गर्व लाग्ने बताउँदै स्वदेशमा केही गर्न चाहनेलाई सबैले प्रोत्साहन गरेर हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । आफू कन्दमूल खाएर गाउँ घरका आँगन पिँढीमा सुतेर आएको मान्छे भएकाले प्रदेश प्रमुख हुनुमा कुनै दम्भ र घमण्ड नभएको उल्लेख गर्दै उहाँले युवा व्यवसायीलाई पनि कुनै घमण्ड नराखी सामाजिक छविको साथ व्यवसायी पहिचान बनाउन सुझाव दिनभयो ।
प्रदेश प्रमुख शेरचनले भन्नुभयो “कुनै पनि पद क्षणिक हुन्, क्षणिक पदको दम्भ हुनुहुँदैन, हजुरहरु पनि करोडको मालिक भएँ भन्ने दम्भ अरुलाई नदेखाउनुस्, सबैसँग मिजासिलो भएर कर्म गर्नुस र आफ्नो पहिचानलाई सदा उच्च बनाउनुस् ।” उहाँले लगानी गर्ने वित्तिकै दोब्बर तेब्बर मुनाफाको आशा गर्दा समस्या सृजना हुने भएकाले कुनै पनि परिस्थितीमा विचलित नभइ कर्ममा विश्वास गरेर अघि बढे सफल हुन सकिने बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य राजिब पहारीले सात युवाको सामूहिक भावनाबाट शुरु भएको व्यवसायको सफलताको शुभकामना दिँदै स्वदेशी उत्पादनमा जोड दिएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले विकासको सूचक पूर्वाधार मात्र नभइ स्वदेशमा कति युवा उद्यमशीतमा छन्, कतिले रोजगार पाएका छन् भन्ने कुराले पनि निर्धारण गर्ने भएकाले युवालाई स्वदेशमा लगानी गर्ने वातावरणमा सबैले साथ र सहयोग दिनुपर्नेमा जोड दिनुभयो ।
अर्का प्रदेशसभा सदस्य विन्दुुकुमार थापाले कोभिड–१९ का कारण धेरै व्यवसायी व्यवसायबाट पलायन भइरहेका अवस्थामा सात युवाको साझा उद्देश्यले फुड एण्ड मार्ट सञ्चालनमा आउनु सकारात्मक भएको बताउनुभयो । आफू व्यवसायबाट ने राजनीति क्षेत्रमा प्रवेश गरेको अनुभव सुनाउँदै उहाँले गण्डकीमा कम्पनी रजिष्ट्रारको कार्यालय नहुँदा व्यवसायीले थुप्रै झमेला भोग्नु परेको बताउनुभयो ।
पोखरा–३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्यले समृद्धिको सपना कर्मले स्थापित हुने बताउँदै युवालाई सबैले हौसला दिनुपर्ने धारणा राख्नुभयो । पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले सामूहिक भावनामा शक्ति हुने भएकाले आर्थिक समृद्धिमा युवाको सहभागिता महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त फुड एण्ड मार्टका अध्यक्ष राजु भुवाइँले स्वदेशमा नै केही गरौं भन्ने सामूहिक भावना भएका सात युवा साथी मिलेर रु १० करोडको लगानीमा फुड एण्ड मार्ट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले भौतिक संरचना निर्माण गर्दै गर्दा कोभिड–१९ को चपेटामा प¥यांै, तर पनि हामी विचलित नभई चुनौतीभित्र अवसर खोजेर अगाडि बढ्यौ र आज सञ्चालनमा ल्याउन सफल भयौँ ।”
उहाँका अनुसार हाल फुड एण्ड मार्टमा ३५ जनालाई रोजगारी दिएको छ । यो रेष्टुरेण्टमा पारिवारिक वातावरणमा विभिन्न स्वादिष्ट खानाका परिकार पाइन्छ भने १२० ग्राहक अटाउने क्षमता रहेको छ । त्यसैगरी मार्टमा दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकता दिइएको छ । निकट भविष्यमा नै स्थानीय उत्पादनलाई प्राथमिकता दिएर तरकारी, फलफूल र मासु बिक्री केन्द्र राखिने अर्का सञ्चालक डिल्लीराम पनेरुले जानकारी दिनुभयो ।
युवा राजु भुवाइँ, कुष्ण रानाभाट, बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, डिल्लीराम पनेरु, अर्जुन अधिकारी र सूर्यराज अधिकारीले उक्त फुड एण्ड मार्टमा सामूहिक लगानी गर्नुभएको हो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता