
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ ।
स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो ।
उहाँले खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड दिँदै खोप लगाउँदा सामान्य असर देखिएपनि त्यो असर विस्तारै आफैँ हराएर जाने बताउनुभयो । उहाँले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन थालिएको भन्दै पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिमा खोप लगाउँदा ८३ प्रतिशतलाई समेट्न सकिएको जानकारी दिनुभयो ।
सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा कोभिशिल्ड खोप यहि माघ १४ गतेदेखि लगाउन थालेको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले खोप लगाएकामध्ये कोही पनि सिकिस्त विरामी हुनु नपरेकाले खोप लगाउन अनुरोध गर्नुभयो । उहाँले खोपबारे भ्रम फैलाइरहेकाले त्यो भ्रमलाई पत्रकारले चिर्न आवश्यक रहेको समेत बताउनुभयो । उहाँले पहिलो पटक खोप लगाउँदा यसले शरीरलाई चिनेर काम गर्न थाल्ने र दोस्रो पटक लगाउँदा रोग प्रतिरोधात्मक क्षमता बनाउने बताउनुभयो ।
“खोप लगाउँदा फेरि सङ्क्रमण भएपनि मृत्यु नहुने र जटिल अवस्थामा पु¥याउदैन” उहाँले भन्नुभयो, “दोस्रो पटक चार÷पाँच हप्तामा खोप लगाउँदा रोगसंग लड्ने क्षमता बढाउँछ ।” अस्पतालका प्रवक्ता डा बाँस्तोलाले खोप लगाएपनि स्वास्थ्यका मापदण्ड मास्क, सामाजिक दूरी कायम राख्नुपर्ने र सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न सुझाव दिनुभयो ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले कोभिड–१९ विरुद्ध बनेका भारत, रसियालगायत देशबाट खोप दर्ता गर्नका लागि निवेदन आएको भन्दै ती खोपको गुणस्तर र प्रभावकारिता हेरेर मात्र अनुमति दिने बताउनुभयो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोभिड–१९ ले नेपालमा महामारीको बेला कसरी काम गर्न सकिन्छ भनेर पाठ सिकाएको भन्दै स्वास्थ्यकर्मी राम्रोसंग काम गर्दा कोभिड–१९ बाट धेरै क्षति व्यहोर्नु नपरेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा प्रभावकारी काम गरेको उल्लेख गर्नुभयो । उहाँले अन्य देशको तुलनामा सरकारले कोभिड–१९ लाई नियन्त्रण गरेको दावी गर्नुभयो । उहाँले नेपालमा शुरुमा सङ्क्रमण हुँदा एउटामात्र परीक्षण गर्ने प्रयोगशाला भएकोमा अहिले ८३ वटा प्रयोगशाला भएको बताउनुभयो ।
मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले कोभिड–१९ विरुद्ध अहिले लगाइरहेको खोपको बारेमा फैलाइएको भ्रम पत्रकारले चिर्नुपर्ने बताउनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए