
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ ।
स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो ।
उहाँले खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड दिँदै खोप लगाउँदा सामान्य असर देखिएपनि त्यो असर विस्तारै आफैँ हराएर जाने बताउनुभयो । उहाँले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन थालिएको भन्दै पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिमा खोप लगाउँदा ८३ प्रतिशतलाई समेट्न सकिएको जानकारी दिनुभयो ।
सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा कोभिशिल्ड खोप यहि माघ १४ गतेदेखि लगाउन थालेको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले खोप लगाएकामध्ये कोही पनि सिकिस्त विरामी हुनु नपरेकाले खोप लगाउन अनुरोध गर्नुभयो । उहाँले खोपबारे भ्रम फैलाइरहेकाले त्यो भ्रमलाई पत्रकारले चिर्न आवश्यक रहेको समेत बताउनुभयो । उहाँले पहिलो पटक खोप लगाउँदा यसले शरीरलाई चिनेर काम गर्न थाल्ने र दोस्रो पटक लगाउँदा रोग प्रतिरोधात्मक क्षमता बनाउने बताउनुभयो ।
“खोप लगाउँदा फेरि सङ्क्रमण भएपनि मृत्यु नहुने र जटिल अवस्थामा पु¥याउदैन” उहाँले भन्नुभयो, “दोस्रो पटक चार÷पाँच हप्तामा खोप लगाउँदा रोगसंग लड्ने क्षमता बढाउँछ ।” अस्पतालका प्रवक्ता डा बाँस्तोलाले खोप लगाएपनि स्वास्थ्यका मापदण्ड मास्क, सामाजिक दूरी कायम राख्नुपर्ने र सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न सुझाव दिनुभयो ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले कोभिड–१९ विरुद्ध बनेका भारत, रसियालगायत देशबाट खोप दर्ता गर्नका लागि निवेदन आएको भन्दै ती खोपको गुणस्तर र प्रभावकारिता हेरेर मात्र अनुमति दिने बताउनुभयो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोभिड–१९ ले नेपालमा महामारीको बेला कसरी काम गर्न सकिन्छ भनेर पाठ सिकाएको भन्दै स्वास्थ्यकर्मी राम्रोसंग काम गर्दा कोभिड–१९ बाट धेरै क्षति व्यहोर्नु नपरेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा प्रभावकारी काम गरेको उल्लेख गर्नुभयो । उहाँले अन्य देशको तुलनामा सरकारले कोभिड–१९ लाई नियन्त्रण गरेको दावी गर्नुभयो । उहाँले नेपालमा शुरुमा सङ्क्रमण हुँदा एउटामात्र परीक्षण गर्ने प्रयोगशाला भएकोमा अहिले ८३ वटा प्रयोगशाला भएको बताउनुभयो ।
मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले कोभिड–१९ विरुद्ध अहिले लगाइरहेको खोपको बारेमा फैलाइएको भ्रम पत्रकारले चिर्नुपर्ने बताउनुभयो ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई