
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
दमौली । भूमिहिन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित वसोवासीको तथ्याङ्क सङ्कलनका लागि गणक घरदैलोमा पुगेका छन् । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा गणकलाई भूमिहिन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित वसोवासीको तथ्याङ्क सङ्कलनलाई परिचालन गरिएको हो ।
भूमिसम्बन्धी समस्या समाधान आयोगले गत माघ ९ गते सार्वजनिक सूचना प्रकाशन गरी विवरण उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध गरिसकेको छ । सोहीबमोजिम सम्बन्धित स्थानीय तहले नियुक्त गरेका गणक उक्त तथ्याङ्क सङ्कलनका लागि परिचालित भएका छन् ।
पहिलो चरणमा कार्यसम्पादन भएका स्थानीय तहमा ३५ दिनभित्रमा सबै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित वसोवासीको प्रारम्भिक विवरण सङ्कलन गरिने आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले जानकारी दिनुभयो । अहिले जिल्लामा पनि आयोगका पदाधिकारी नियुक्त भइसकेकाले जिल्लास्थित आयोगसँग समन्वय गरेर विवरण सङ्कलन र पुष्टिको काम गरिने रानाले बताउनुभयो ।
उहाँका अनुसार आँबुखैरेनी, घिरिङ, ऋषिङ र म्याग्दे गाउँपालिकासँग केही दिनअघि कार्यसम्पादन सम्झौता गरिएकाले ती स्थानीय तहमा पालिकास्तरीय, वडास्तरीय र तथ्याङ्क सङ्कलन एकाइ गठन गरिने छ । यसअघि आयोगले व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकासँग सम्झौता गरेको थियो ।
देवघाट गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले वास्तविक भूमिहीन, सुकुम्बासी र अव्यवस्थित वसोवासीको तथ्याङ्क सङ्कलनका लागि गणकहरुलाई घरदैलोमा खटाइएको जानकारी दिनुभयो । व्यास नगरपालिकाले पनि प्रत्येक वडामा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासीको तथ्याङ्क सङ्कलनका लागि गणक परिचालन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।
व्यास नगरपालिकाका तथ्याङ्क एकाई प्रमुख विमल गिरीका अनुसार नगरपालिकाका १४ वटै वडामा तथ्याङ्क सङ्कलक खटाइएको छ । उनीहरुले वडा कार्यालयबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित वसोवासीको विवरण सङ्कलन गर्नेछन् । उहाँका अनुसार भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थित वसोवासीले आफूले बसोबास गरेको वा आवाद कमोत गरेको जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी लगत सङ्कलक वा सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित वसोवासीको पहिचानका लागि जिल्लाका स्थानीय तहले पनि काम शुरु गरेका छन् । सरकारले भूमि आयोगको जिल्ला अध्यक्षमा दधिराज सुवेदी तथा सदस्यहरुमा दीर्घबहादुर दरै र शान्ति कुँवरलाई नियुक्त गरिसकेको छ । सरकारले अगाडि बढाएको उक्त अभियानलाई सहयोग पु¥याउन जनप्रतिनिधिले काम गर्ने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने बताउनुहुन्छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग