News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

अधिकारकर्मीको पहलमा रोकियो बालविवाह

'‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दुःखद'

सर्लाही। सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी-१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो ।

‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दुःखद भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताउनुभयो । ती बालिकाको घरको परिवारिक स्थिति नाजुक रहेका कारण परिवारले विवाह गरिदिन लागेका बताइएको छ । बालिकाले विवाह भन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले जानकारी दिनुभयो ।