
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही माघ १९ गते पार्टीका भ्रातृ संस्थाले र माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्तरुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने निर्णय गरेको छ । यसैगरी आगामी फागुन ३ गते कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
केन्द्रबाट तोकिएका कार्यक्रमबाहेक जिल्ला कार्यसमितिलगायत पार्टीका विभिन्न निकाय र भ्रातृ एवं शुभेच्छुक संस्थाले विरोधका कार्यक्रम तय गरी सञ्चालन गर्ने उहाँले बताउनुभयो । कांग्रेसले यसअघि संसद् विघटनविरुद्ध गत पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते ७५३ पालिकामा र माघ ८ गते छ हजार ७४३ वडामा विरोध प्रदर्शन र सभा सम्पन्न गरिसकेको छ ।
संसद् विघटनविरुद्ध यही माघ १२ गते राजधानीमा समाजका विभिन्न क्षेत्रका नागरिकले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको भन्दै बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । कांग्रेसले शान्तिपूर्णरुपमा गरिएको प्रदर्शनमा लाठी चार्ज, अश्रुग्यास तथा पानीको फोहरा प्रहार हुँदा घाइते भएका सबै आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले गरेको बल प्रयोगको घटनाप्रति निन्दा गरेको छ ।
बैठकले संसारको दोस्रो अग्लो हिमाल ‘केटू’ को सफल आरोहण गर्ने आरोही निर्मल पुर्जासहित दश नेपाली युवालाई उच्च सम्मानसहित विशेष बधाई ज्ञापन गरेको छ । बैठकले पार्टीको स्थानीय तह सङ्गठन पुनःसंरचनाको समायोजन कार्य ७४ जिल्लामा पूरा गरी केन्द्रीय कार्यसमितिलाई २०७७ गत पुस ३ गते लिखित जानकारी गराएकोमा केन्द्रीय निर्वाचन समितिलाई धन्यवाद प्रकट गरेको छ ।
बैठकले पार्टी पदावधि समाप्त भएका भ्रातृ सङ्घ नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले छ महिनाका लागि थप गर्ने निर्णय गरेको छ ।
विदेशस्थित पार्टीका नेपाली जनसम्पर्क समिति कतार, बहराइन, मलेसिया र साउदी अरबबाट पार्टीको विधान र नियमावलीबमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ र नवीकरणतर्फको नामावलीको सूची र सोबापतको सदस्यता शुल्कसमेत दाखिला हुन आएकाले उक्त जनसम्पर्क समितिबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ ।
कांग्रेसले प्रक्रिया पूरा गरी यूरोपस्थित माल्टामा बसोबास गरिरहेका लोकतन्त्रवादी नेपालीको सक्रियतामा जनवरी २५, सन् २०२० मा नेपाली जनसम्पर्क तदर्थ समिति गठन गरी आबद्धताका लागि निवेदनसहित आवश्यक कागजात पेश गरेकाले नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई पार्टीसँगको आबद्धता प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएका प्रस्ताव बैठकबाट सर्वसम्मत पारित भएको थियो भने आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य नरहरि आचार्यले आफ्नो धारणा राख्नुभएको थियो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल