
१डुलुवाको अध्यक्षमा योगेश भट्टराई
२सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१०रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
११किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही माघ १९ गते पार्टीका भ्रातृ संस्थाले र माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्तरुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने निर्णय गरेको छ । यसैगरी आगामी फागुन ३ गते कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
केन्द्रबाट तोकिएका कार्यक्रमबाहेक जिल्ला कार्यसमितिलगायत पार्टीका विभिन्न निकाय र भ्रातृ एवं शुभेच्छुक संस्थाले विरोधका कार्यक्रम तय गरी सञ्चालन गर्ने उहाँले बताउनुभयो । कांग्रेसले यसअघि संसद् विघटनविरुद्ध गत पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते ७५३ पालिकामा र माघ ८ गते छ हजार ७४३ वडामा विरोध प्रदर्शन र सभा सम्पन्न गरिसकेको छ ।
संसद् विघटनविरुद्ध यही माघ १२ गते राजधानीमा समाजका विभिन्न क्षेत्रका नागरिकले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको भन्दै बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । कांग्रेसले शान्तिपूर्णरुपमा गरिएको प्रदर्शनमा लाठी चार्ज, अश्रुग्यास तथा पानीको फोहरा प्रहार हुँदा घाइते भएका सबै आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले गरेको बल प्रयोगको घटनाप्रति निन्दा गरेको छ ।
बैठकले संसारको दोस्रो अग्लो हिमाल ‘केटू’ को सफल आरोहण गर्ने आरोही निर्मल पुर्जासहित दश नेपाली युवालाई उच्च सम्मानसहित विशेष बधाई ज्ञापन गरेको छ । बैठकले पार्टीको स्थानीय तह सङ्गठन पुनःसंरचनाको समायोजन कार्य ७४ जिल्लामा पूरा गरी केन्द्रीय कार्यसमितिलाई २०७७ गत पुस ३ गते लिखित जानकारी गराएकोमा केन्द्रीय निर्वाचन समितिलाई धन्यवाद प्रकट गरेको छ ।
बैठकले पार्टी पदावधि समाप्त भएका भ्रातृ सङ्घ नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले छ महिनाका लागि थप गर्ने निर्णय गरेको छ ।
विदेशस्थित पार्टीका नेपाली जनसम्पर्क समिति कतार, बहराइन, मलेसिया र साउदी अरबबाट पार्टीको विधान र नियमावलीबमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ र नवीकरणतर्फको नामावलीको सूची र सोबापतको सदस्यता शुल्कसमेत दाखिला हुन आएकाले उक्त जनसम्पर्क समितिबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ ।
कांग्रेसले प्रक्रिया पूरा गरी यूरोपस्थित माल्टामा बसोबास गरिरहेका लोकतन्त्रवादी नेपालीको सक्रियतामा जनवरी २५, सन् २०२० मा नेपाली जनसम्पर्क तदर्थ समिति गठन गरी आबद्धताका लागि निवेदनसहित आवश्यक कागजात पेश गरेकाले नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई पार्टीसँगको आबद्धता प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएका प्रस्ताव बैठकबाट सर्वसम्मत पारित भएको थियो भने आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य नरहरि आचार्यले आफ्नो धारणा राख्नुभएको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन