
१लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
३रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
४प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
५रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
६रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
९सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि शिक्षण सहायक (करार) सरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन र नियुक्तिको प्रक्रिया शुरु गरेको छ । त्रिवि कार्यकारी परिषद्को यही माघ २ गतेको बैठकको निर्णयानुसार रजिष्ट्रारको कार्यालयका प्रमुख वैकुण्ठप्रसाद थपलियाले आज त्रिवि मातहतका विभिन्न क्याम्पस र विभागमा अध्ययन कार्यमा संलग्न आंशिक शिक्षकको व्यवस्थापनबारे सर्कुलर पठाउनुभएको हो ।
सम्बन्धित क्याम्पसले आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी त्यस्ता शिक्षकको व्यवस्थापनका लागि सूची पठाउन त्रिविले निर्देश गरेको छ । गत पुस २४ गते विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सातबुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको थियो ।
सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार) मा नियुक्ति दिने प्रक्रिया शुरु भएको हो । यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने भएका छन् ।
यस्तै शैक्षिक सत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी त्रिविले नियम संशोधन गरेको छ । हाल त्रिविमा करीब दुई हजार आंशिक प्राध्यापक छन् । सङ्घका महासचिव राजेन्द्र गिरीले विगतका सरकार र नेतृत्वसँग भएका सहमति कार्यान्वयन नभएकामा हालको सहमति कार्यान्वयन शुरु हुनु सकारात्मक भएको बताउनुभयो । आफूहरु समान कामका लागि समान ज्यालाका लागि लडेकामा त्यसको प्रतिफल प्राप्त हुने आशा बढेको बताउनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए