
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ८ स्थित पर्यटकीय क्षेत्र भल्कामा रहेको थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि तीन दिने माघी मेलाको आयोजना गरिएको छ ।
नगरपालिकाको वडा नं ८ को कार्यालयले आयोजना गरेको मेलामा थारु संस्कृति झल्किने परम्परागत परिकार, पहिरन, गहना, रहनसहन र संस्कृतिसम्बन्धी सामग्री राखिएको छ । पर्यटकीय क्षेत्र भल्कामा रहेको परम्परागत थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि सांस्कृतिक माघी मेलाको आयोजना गरिएको वडाध्यक्ष बहादुर महराले बताउनुभयो ।
दुई वर्षदेखि माघीका अवसरमा वडा कार्यालयले थारु संस्कृति जगेर्ना गर्ने र सङ्ग्रहालयको प्रचारप्रसारका लागि माघी मेलाको अयोजना गर्दै आएको छ । थारु समुदायको आस्थाको धरोहरका रुपमा रहेको भल्कामा वडा कार्यालयको सहयोगमा सङ्ग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि सङ्ग्रहालयमा सौय ऊर्जा र शौचालयको व्यवस्था गरिएको छ । सङ्ग्रहालय अवलोकनका लागि आउने पर्यटकका लागि थारु समुदायका संस्कृति, रहनसहन र जनजीविकासँग सम्बन्धित वस्तु राखिएका छन् । थारु समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागतरुपमा प्रयोग गर्ने वस्तु राखिएका छन् । सङ्ग्रहालयमा थारु समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्री, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोंगिया, पैवा, खराउ, चटुवा, डपला, मन्द्रा, डफ, बस्या, कुथली, डेहरी, मरुवा, पाता, भाला, बर्सी ढाललगायतका सामान राखिएका छन् ।
यसैगरी, हलो, जुवा, डोक्नी, भोक्टी, भौका, छिटनी, लैया, जवरा, अष्टम्कीलगायतका सामानसमेत सङ्ग्रहालयमा राखिएको छ ।
लरिया, लहरु, बगरुवा, कुवाँलगायतको समेत व्यवस्था गरिएको छ । सङ्ग्रहालयमा थारु समुदायका महिलाले लगाउने नथिया, फुली, बुलाँकी, ढुङ्ग्री, टर्की, झुम्का, माला, गटैया, सुतिया, बाजु, चुरुवा, कारा, पहिरी, विच्छयालगायत गहनासमेत अवलोकनकर्ताका लागि राखिएको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष पल्टा चौधरीले बताउनुभयो ।
थारु समुदायका महिलाले लगाउने लेहङ्गा, चोली र पुरुषले लगाउने धोती, कमिज, अङ्गच्छासमेत सङ्ग्रहालयमा राखिएको उहाँले बताउनुभयो । परम्परागत नृत्य तथा संस्कृति देखाउनका लागि अलग्गै परम्परागत शैलीको घर निर्माणको कार्यसमेत गरिएको छ । भल्का थारु समुदायको परम्परागत धार्मिकस्थलका रुपमा रहेको छ । भल्कामा रहेको कुण्डमा पानी माथि उफ्रने गर्दछ । कुण्डको पानी गर्मीमा चिसो र चिसोमा गरम हुने गर्दछ । माघी सङ्क्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ ।
माघीका बेला कुण्डको पानीले नुहाएमा चर्मरोग निको हुने जनविश्वास रहेको छ । स्वच्छ मनले भाकल गरेमा निःसन्तानले सन्तानको प्राप्ति गर्ने र मन पराएको युवतीसँग विवाह हुने स्थानीयवासीको भनाइ छ ।
सङ्ग्रहालयमा लागेको माघी मेलामा थारु कलाकारले परम्परागतसँगै आधुनिक नृत्य र गीत प्रस्तुत गर्ने कार्यलाई जारी राखेका छन । शुक्रबारदेखि लागेको मेलामा कैलाली, बाँके, बर्दियालगायत क्षेत्रमा थारु समुदायका ख्यातीप्राप्त लोकगीत गायक र नृत्यङ्गनाको जमघट लागेको छ । एकै ठाउँमा थारु समुदायको कलासंस्कृतिसँगै नृत्य हेर्नका लागि व्यवस्था मिलाइएको माघी मेला व्यवस्थापन समितिका संयोजक भागीराम चौधरीले बताउनुभयो । “हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति यहाँ युवा पिँढीलाई हेर्न र सिक्ने अवसर जुराएका छौँ”, उहाँले भन्नुभयो, “यस कार्यले थारु समुदायका कला संस्कृति जगेर्ना गर्नमा मद्दत पुग्छ ।”