
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कदमप्रति गल्ती स्वीकार्नुभएमा यथोचित जिम्मेवारी दिन अझै तयार रहेको बताउनुभएको छ । नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समितिका सदस्यको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संसद् भङ्ग गर्न गल्ती भयो, साथीहरुको भावना समेट्न सकिन, म पश्चात्ताप गर्छु भनेर आउन चाहनुभयो भने उहाँलाई स्वागत गर्न अहिले पनि हामी तयार छौँ ।”
प्रधानमन्त्री ओलीले पश्चाताप नगरेमा स्थायी समितिको निर्णयअनुसार उहाँमाथि अनुशासनको कारवाही हुने अध्यक्ष दाहालले स्पष्ट गर्नुभयो । वर्तमान संविधानको मर्म र भावनाविपरीत अख्तियारको दुरुपयोग गर्दै प्रधानमन्त्रीबाट संसद् भङ्ग गरिएको जिकिर गर्दै उहाँले संविधानतः संसद् भङ्ग भएको होइन, भङ्ग भएको ओलीको सरकार मात्र हो, विघटन भएको सरकार हो, संसद् होइन भनी बहुसङ्ख्यक पूर्वसदस्य अदालत गएर भन्नुपर्ने अवस्था आएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो”, “हामी संसद्को प्रमुख पार्टी हुनुको नाताले विघटन अवैध छ भनेर कानूनी उपचार खोजीसँगै सङ्गठन र समाजमा पनि सन्देश फैलाउनुपर्छ ।”
प्रधानमन्त्रीको कदमलाई अदालतले संविधानको प्रावधानको गहिरो अध्ययन गरी जनभावना र राजनीतिक दलको भनाइ बुझेर निर्णय गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । जनतालाई आन्दोलनमा राम्रोसँग परिचालन गर्न सकेनौँ भने देश दुर्घटनामा जाने खतरा रहेको बताउँदै अध्यक्ष दाहालले समाजमा जाने र कार्यकर्ता परिचालन गर्ने कार्य जोडतोड तुल्याउन आवश्यक छ भन्नुभयो । पार्टीभित्रका समस्या, घटना र एकीकरणपछि अहिलेसम्मको सहयात्रासम्बन्धी बैठकमा लामो फेहरिस्त सुनाउँदै अध्यक्ष दाहालले आजको बैठक र आफ्नो समूहको पार्टीको आधिकारिकताको पुष्ट्याइएका विभिन्न आधार प्रस्तुत गर्नुभयो ।
३१५ जना उपस्थितिको जिकिर
नेकपाका ४४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमध्ये आजको बैठकमा ३१५ जनाको सहभागिता रहेको जनाइएको छ । केन्द्रीय समितिको बिहीबार बस्ने बैठकमा वर्तमान वस्तुस्थितिबारे अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति बनाइने जानकारी दिइएको छ ।
उक्त समूहले बुधबार आफ्नो समूहको विघटित प्रतिनिधिसभामा रहेका सदस्यको बैठक राखेको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी सञ्चालनमा देखिएका समस्या र पछिल्लो समय संसद् विघटन भएको घटनासम्मको अवस्थाको विश्लेषण गरी सही र गलत छुट्याएर एकताबद्ध हुन पार्टी पङ्तिलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, “सही नीति र व्यवहारका आधारमा पार्टीलाई एकताबद्ध गराउँछौँ, संविधान, गणतन्त्र, सङ्घीयता रक्षा र पार्टी एकताका लागि हामी सबै क्रियाशील हुनुपर्छ ।”
अर्का नेता नेपालले प्रधानमन्त्रीले दलको निर्णयको अवज्ञा गरेकाले वर्तमान सङ्कट निम्त्याएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानमा संसद् विघटन गर्ने कुनै प्रावधान नै छैन, प्रधानमन्त्री ओलीले पार्टी र सरकार चलाउन सक्नुभएन । पछिल्लो कदमले लोकतन्त्र र गणतन्त्र नै धरापमा पर्न सक्छ । पछिल्लो कदमले देशलाई अस्थिरतातिर जाने ढोका खोलेको छ ।”
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रका समस्या र वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको उक्त बैठकमा स्थायी समिति सदस्य भीमबहादुर रावलले प्रधानमन्त्रीले दलको नीति, सिद्धान्त, कार्यक्रम र जनताको आकाङ्क्षाको अवज्ञा गर्दै अघि बढ्न खोजेको आरोप लगाउनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता