News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

राष्ट्रपतिद्वारा संसद विघटन

'ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन'

काठमाडौं । अन्ततः संसद विघटन भएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ । संसद विघटनसँगै राष्ट्रपटिले आमनिर्वाचनको मितिसमेत तोकिसक्नु भएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गर्नुभएको हो । उहाँले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोक्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान मन्त्रिपरिषदको बैठक बसेर संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष लैजानु भएको थियो ।

यस अघि २०५९ सालमा तत्कालीन नेपाली कांग्रेसको सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले राजासँगको सहमतिमा मध्यरातमा संसद विघटनका लागि प्रस्ताव गर्नुभएको थियो ।

प्रतिक्रिया