
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धौलागिरी ब्यूरोले आज धौलागिरी बन्दको घोषणा गरेको छ । आफ्ना नेता जगेन्द्र पुन ‘जगत’को कारागारमा रहेको अवस्थामा अस्वभाविक मृत्यु भएको भन्दै नेकपाले आन्दोलनको कार्यक्रमको घोषणा गरेको हो ।
धौलागिरी ब्यूरो इन्चार्ज राजनले जारी गरेको विज्ञप्तिमा विभिन्न वाहनामा पटक–पटक गिरफ्तार, हिरासत र जेल जीवन बिताई रहनु भएका म्याग्दीका लोकप्रिय नेता जगेन्द्र पुन ‘जगत’को अस्वभाविक मृत्यु भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
राज्यको नियन्त्रणमा रहँदा मानसिक तथा शारीरिक यातनाका कारण विरामी भई उपचारका क्रममा मंसिर २९ गते मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निधन भएका म्याग्दी जनसरकार प्रमुख समेत रहेका जगतको शव आजसम्म पनि परिवारजनले बुझ्न मानेका छैनन् ।
पर्वत जेल प्रशासनले राजवन्दीको स्वास्थ्यप्रति गम्भिर खेलवाड गर्दै उपचारको सिलसिलामा चरम लापरवाही र गैरजिम्मेवारीपन देखिएको आरोप इन्चार्ज राजनले लगाएका छन् । गम्भिर प्रकृतिको विरामीलाई अस्पतालमा छिटो लिएर उपचार गर्नुको अलवा कास्की कारगारमा बुझाउन खोज्नु, अस्पताल पु¥याई सकेपछि पनि समयमा नै उपचारको प्रक्रिया अगाडि नबढाउनु, उल्टै ‘विप्लव’को मान्छे भएकोले सिध्याई दिनुपर्छ भन्ने लगायतका कारण जनसरकार प्रमुख जगतको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
राजवन्दीको स्वास्थ्य प्रति खेलवाड गर्ने र उपचार नगरी मृत्युको डिलमा पु¥याउने कार्यप्रति नेकपा धौलागिरी ब्यूरोले भत्र्सना गरेको छ । घटनाको बारेमा आवश्यक छानविन र दोषी उपर कुनै कारवाही प्रक्रिया अगाडि नबढाई उल्टै शव बुझ्न परिवारलाई दिईएको दवावप्रति पनि नेकपा धौलागिरी ब्यूरोले भत्र्सना गरेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता