News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

लाहाचोकमा अधिकारी दम्पतीमाथि कुटपिट

७२ वर्षका रघुनाथ अधिकारी र उनकी श्रीमती ६५ वर्षकी विष्णुमाया अधिकारी घाईते

पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोकस्थित सानोपाटन बस्ने एक दम्पतीलाई अपरिचित व्यक्तिहरुले कुटपिट गरेका छन् । ७२ वर्षका रघुनाथ अधिकारी र उनकी श्रीमती ६५ वर्षकी विष्णुमाया अधिकारीलाई घरमा नै सुतिरहेको अवस्थामा पुस १ गते कुटपिट गरिएको थियो ।

कुटपिटबाट घाईते अधिकारी दम्पतीको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भईरहेको छ । घटना लगत्तै पुगेको प्रहरीले कुटपिट गर्ने व्यक्तिका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । अहिलेसम्म कुटपिटमा संलग्न व्यक्तिको पहिचान भने भईसकेको छैन ।