
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको भव्य गृहकार्य भए पनि कोभिड –१९ ले अभियान सफल हुन नसकेको बताउनुभएको छ । पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद्का समन्वयमा बिहीबार पोखरामा भएको ‘नवीनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला’ कार्यक्रममा भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोभिड– १९ का कारण पर्यटनमा मासिक रु रु १० अर्ब घाटा भइरहेको बताउनुभयो । आन्तरिक र बाह्य हवाई मार्ग सञ्चालनसँगै हिमाल आरोहरण र पदयात्राका लागि बिस्तारै बुकिङ खुला हुँदै गएकाले अब वैकल्पिक पर्यटन खोजीसँग अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमित देखिए यहाँ सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन र साहसिक खेललगायत ग्रामीण पर्यटनका लागि डराउनु नपर्ने बताउनुभयो ।
कोभिड –१९ को असरले गण्डकी प्रदेशले रु २७ अर्बको नोक्सानी भोगिसकेको जनाउँदै उहाँले अब पर्यटनलाई चलायमान गर्नुपर्ने बताउनुभयो । तत्काल पर्यटन क्षेत्रले भोग्नु परेको नोक्सानलाई ध्यान दिएर व्यवसायीलाई राहत प्याकेजमार्फत यस क्षेत्रमा टिकाउन चुनौती रहेको उल्लेख गर्दै उहाँले रु एक अर्ब राहत प्याकेज मङ्सिरभित्रै वितरण गर्ने गरी पहल गरिएको जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेश संस्कृति, प्रकृति र साहसिक पर्यटनका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै यसलाई ब्राण्डिङ्ग गरेर जानुपर्ने धारणा राख्नुभयो । सांसद खगराज अधिकारीले सुरक्षाको मापदण्ड अपनाएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । अर्का सांसद विद्या भट्टराईले अब कोभिड–१९ पछिको पर्यटनको अवस्थालाई अध्ययन गरेर नयाँ मार्ग सिर्जना गरी जानुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पोखरा पर्यटनको विकासमा कार्ययोजनासहित अघि बढेको बताउनुभयो ।
सो अवसरमा पोखरा महानगरपालिका शहरी योजना आयोग उपाध्यक्ष डा रामचन्द्र लामिछाने, पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष टीकाराम सापकोटा र पर्यटनका अध्येता एवं कार्यशालाका सहजकर्ता श्रीकान्त खतिवडाले पोखराको पर्यटनका वर्तमान अवस्था र यसले पारेका प्रभावका साथै कोभिड १९ पछाडिको पर्यटनको विषयमा नवीनतम सम्भावनाको खोजीका बारेमा प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा पोखराका पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी संघसंस्थाबीच समूहगत छलफल गरी पर्यटनका सबल पक्षसहित कोभिड १९ पछि कसरी पर्यटन केन्द्रित कार्यक्रम गर्ने भन्ने सामूहिक निष्कर्ष निकालिएको थियो ।रासस
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु