News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

लागूऔषधसहित दुईजना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले हिजो ५ः४५ बजेको सयमा पोखरा महानगरपालिका वडा नं. ४ का कुमार श्रेष्ठ र भक्तपुर घर भई हाल पोखरा महानगरपालिका वडा नं. ४ बस्ने ४५का लक्ष्मीकृष्ण भासिमालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले श्रेष्ठ र भासिमाबाट लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध डाईजापाम एकसय १३ एम्पुल, फेनेरागन एकसय १३ एम्पुल, ब्रुफ्रिन एकसय १३ एम्पुल गरी तीनसय ३९ एम्पुल लागूऔषध र मोवाईल दुईथान फेला पारेको प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता कृष्ण वस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया