
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
नारायण ढुङ्गाना
काठमाडौँ । कोभिड¬१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ । कमाण्डरको साथमा निर्देशनप्राप्त टोली विलम्ब नगरी शव लिन हतारहतार अस्पताल पुग्छ । टोलीमा मोर्चा सम्हाल्नेमध्ये उपत्यकामा दुईवटा महिला समूह पनि सधैँ तयारीको अवस्थामा रहेका हुन्छन् ।
निर्देशन पाएको छोटो समयमै शुक्रबार महिला टोलीबाट दोस्रोपटक एकै दिन टेकु, छावनीस्थित वीरेन्द्र सैनिक अस्पताल र नोबेल अस्पतालबाट चार शवको व्यवस्थापन भयो । एक टोलीमा हुद्दा कृष्णकुमारी, प्यूठ सीता तथा हीरादेवी र सिपाही पुष्मा हुनुहुन्छ भने अर्काेमा प्यूठ रचना र रश्मी तथा सिपाही लीला ।
शव निकाल्नुअघि टोलीले शव राखिएको स्टे«चर र वरिपरिका सामानसमेत विसङ्क्रमण (डिसइन्फेक्ट) गरे । शवको बाहिरी तहमा विसङ्क्रमण गरेर अस्पतालबाट निकाली मृत शरीरलाई शव वाहनमा राखे । आवश्यक सुरक्षा सावधानीका साथ टोलीले शवलाई पशुपति आर्यघाटमा पु¥याए । आफन्त इष्टमित्रले हेर्न, छाम्न र श्रद्धासुमन दिन नपाएको शवलाई उहाँहरूले सलामी दिन छुटाउनुहुन्न । पुष्पहार अर्पण गर्न चाहनेलाई स्वास्थ्य मापदण्ड पालना गराउँदै सुरक्षित स्थानबाट त्यो अवसर दिने गरिएको छ । नत्र सेना आफैँले परिवारको तर्फबाट फूल चढाइदिन्छ । सलामी अर्पण गरेपछि शवको दाहसंस्कार हुन्छ ।
गोरखकाली गुल्मकी सहायक गुल्मपति सहसेनानी रोशनी कार्कीका अनुसार यसरी शवदाह गर्दा आफन्तले चाहेअनुसारको धार्मिक परम्पराअनुसार नै गराउने गरिएको छ ।
कोभिड १९ सङ्क्रमणको शुरुआती चरणमा मानिसहरु सङ्क्रमितको घर वरपर जानै डराउँथे । गाउँ वरपर व्यवस्थापन गर्न अबरोध हुन्थ्यो । सरकारले जिम्मेवारी दिएपछि नेपाली सेना शुरुआती चरणदेखि नै चुनौतीको सामना गर्दै शव व्यवस्थापनमा दिनरात खटिँदै आएको छ ।
सेनाकी हुद्दा कृष्णकुमारीको केही समय अघिको दैनिकी भने कार्यालय घेरामै सीमित थियो । जब कोभिड¬१९ को सङ्क्रमणले चर्को रुप लिँदै गयो, उहाँलाई कार्यालय घेराबाट बाहिर निस्केर काम गर्नुपर्ने अवस्था आयो । इच्छा जागेर उहाँ कोरोना सङ्क्रमणबाट प्राण त्यागेकाहरूको शव व्यवस्थापनमा खट्दै आउनुभएको छ । उहाँका लागि त्यो राज्यप्रति वहन गर्नुपर्ने राष्ट्रसेवकको आकस्मिक दायित्व थियो । त्यो ठूलो अवसर हो तर परिस्थिति सहज थिएन ।
राष्ट्रको सुरक्षा गर्ने वाचा पूरा गर्नकै लागि कृष्णकुमारीले आममानिसले छुन नमिल्ने सङ्क्रमितको शव काँधमा बोक्न हिच्किचाउनु भएन । कहिल्यै ननिम्तिएको सङ्क्रमणको महामारी र अनि उपचारसमेत फेला नपरेको रोगबाट ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन गर्नु चानचुने कुरा होइन । सावधानी नअपनाउँदा आफैँ सङ्क्रमणको शिकार हुने जोखिम उत्तिकै छ ।
शव व्यवस्थापन गरिसकेपछि सिधै घर वा कार्यालय जान पाइँदैन । तत्काल शरीरलाई नै डिसइन्फेक्ट गर्नु पर्ने उहाँ बताउनुहुन्छ । शव व्यवस्थापन गरेपछि त्यसका लागि लगाएका व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) सेट विसंक्रमण (डिसइन्फेक्सन) का लागि छुट्टै भाँडोमा राखेर आवश्यक स्वास्थ्य सुरक्षा सावधानीका साथ क्वारेन्टिनमा जानुपर्छ । त्यसपछि अर्काे टोलीको शव व्यवस्थापनको पालो आउँछ । घर नगई महिला टोलीले शव व्यवस्थापनको काम गरिरहेको छ ।
दुबै समूहमा बसेर शव व्यवस्थापनमा खटिरहनुभएकी कृष्णकुमारी त्यस कार्यमा निक्कै अनुभवी हुनुहुन्छ । यसअघिको पहिलो समूहमा कृष्णकुमारीसहित प्यूठ रचना तथा रश्मी र सिपाही लीला सहभागी हुनुभएको थियो । त्यो बेला ओम र शिक्षण अस्पताललगायतबाट छवटा शव व्यवस्थापन गरिएको थियो ।

दोस्रो पटक कृष्णकुमारीसहित प्यूठ सीता तथा हीरादेवी र सिपाही पुष्मा सहभागी हुनुभयो । दुई टोलीले अहिलेसम्म १० शव व्यवस्थापन गरिसकेको छ । आफ्नो अनुभव सुनाउँदै कृष्णकुमारी भन्नुहुन्छ – “महिला सैनिक भएर सङ्कटपूर्ण अवस्थामा राज्यले दिएको जिम्मेवारी पूरा गर्न पाउँदा गौरव लागेको छ ।”
उपत्यका पृतनाको कोभिड डेस्कबाट खबर कतिबेला आउँछ थाहा हुन्न । जति नै बेला पनि पिपिइ सेट, जुत्ता, पञ्जा, गाउन, चश्मालगायत आवश्यक स्वास्थ्य मापदण्ड पु¥याई टोली तम्तयार हालतमा बस्नुपर्छ । खबर आउने बित्तिक्कै शव बाहनसहित दौड्नुपर्छ । कृष्णकुमारी थप्नुहुन्छ – “काम सजिलो छैन, हामीले तालीममा जे सिक्यौँ, त्यही व्यवहारमा उतारेका छौँ । मिसन सफल छ, कुनै अलमल छैन ।”
गोरखकाली गुल्म नेपाली सेनाको पहिलो महिला गुल्म हो । यहाँ १७८ महिला सैनिक छन् । गुल्मका उपसेनानी सीताको नेतृत्वमा टोली परिचालन हुन्छन् । महिला मलामी जानुहुन्न भन्ने परम्परागत मान्यतालाई चिर्दै सङ्कटको घडीमा मानवीय कार्यमा महिला सैनिक स्वेच्छाले खटेको सहायक गुल्मपति कार्की सुनाउनुहुन्छ ।
उपत्यका पृतनाले दुई हप्ते तालीम दिएपछि समूह बाँधेर यसरी महिला सैनिकहरुलाई खटाएको हो । असोज २६ गते महिला टोलीले पहिलो पटक शव उठायो । ओम अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जबाट शव लगेर व्यवस्थापन ग¥यो । शुरुमा नौलो महसुश भयो । यद्यपि जिम्मेवारी निर्वाहमा कुनै कसर बाँकी नराखेको महिला टोलीको भनाइ छ ।
शव उठाउन टोली पालैपालो खटिन्छन् । एक दिन शव व्यवस्थापन भएपछि त्यो टोलीका सबै सदस्य क्वारेन्टाइनमा बस्छन् । मापदण्ड पूरा गरी रिपोर्ट नेगेटिभ आएपछि पुनः परिचालित हुन्छन् । टोली उपत्यका पृतनामा रहेको कोभिड डेस्कको निर्देशनमा परिचालन गरिन्छ । प्लाष्टिकसहित तीन तहमा ढाकेर राखिएका शवलाई मुचुल्का गरी उठाएर बाहनमा राख्ने र समाधिस्थलमा पु¥याएर सद्गत गर्नेसम्मको जिम्मेवारी सेनाको जिम्मामा छ ।
मुलुकभर गरेर नेपाली सेनाले झण्डै तीन हजार व्यक्तिको शव व्यवस्थापन गरिसकेको छ । सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल भन्नुहुन्छ– “राष्ट्रलाई आइपरेको सङ्कटको अवस्थामा हामीले आफ्नो दायित्व निर्वाह गरेका हौँ । सेनाले जोखिमका बीच काम गरिरहेको छ ।”
आफन्तहरुलाई मृतकको अनुहार हेर्न दिइएन भन्ने गुनासोबारे सैनिक प्रवक्ता पौडेल भन्नुभयो– “प्लाष्टिकसहित तीन तहमा शवलाई बाँधेर राखिएको हुन्छ । सेनाले शव खोल्ने पनि होइन, बाँध्ने पनि होइन, मात्र व्यवस्थापन गर्ने हो ।” शव खोल्ने दक्ष जनशक्ति पनि सेनामा नभएकाले अस्पतालमै आवश्यक समन्वय गर्न सम्बन्धित परिवारसँग उहाँले अनुरोध गर्नुभयो । घरमा पृथक्वास (आइसोलेसन) मा रहेका बेला मृत्यु भएकाको हकमा भने त्यो समस्या छैन ।
कतिपय अवस्थामा अस्पतालमा शुल्क भुक्तानी गर्नमा र मृत व्यक्तिका आफन्त उपस्थित हुनमा ढिलाइ हुँदा शव उठाउन समस्या हुने गरेको छ । कुनै दिन एकै पटक धेरै शव उठाउनु पर्दा व्यवस्थापनमा केही ढिलाइ हुने गरेको भए पनि आवश्यक समन्वयमा काम गर्ने गरिएको सेनाले जनाएको छ ।
नेपाली सेनाले देशभर गरेर झण्डै तीन हजार तालीमप्राप्त जनशक्ति शव व्यवस्थापनमा खटाउँदै आएको छ । प्रत्येक जिल्लामा दुई या त्यो भन्दा माथिको समूह तयार गरेर राखिएको छ ।
मन्त्रिपरिषद्को निर्णयबाट सेनालाई उक्त जिम्मेवारी दिइएको हो । सरकारले जारी गरेका दुई निर्देशिका पालना गर्दै कोभिड¬१९ सङ्कट व्यवस्थापन समितिसँगको समन्वयमा नेपाली सेनाले काम गर्दै आएको छ ।
उपत्यकामा १३ टोली परिचालित
शव व्यवस्थापनमा उपत्यका पृतनामार्फत् तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का छवटा छाउनीमा तयार पारिएका १३ समूह क्रियाशील छन् । नेपालकै पहिलो महिला सेनाको गुल्म गोरखकालीका दुई महिला समूह त्यसमा सामेल छन् । शव रहेको अस्पताल नजिक पर्ने छाउनीबाट टोली परिचालन हुन्छ ।
अस्पतालले सिसिएमसीमा र त्यहाँबाट उपत्यका पृतनामा खबर पठाउँछ । पृतनाको निर्देशन अनुसार टोली परिचालन हुन्छ । दाहसंस्कारका बेला सम्बन्धित परिवारको सहमतिमा उनीहरुकै धार्मिक परम्पराअनुसार शवको व्यवस्थापन गर्ने गरिएको नेपाली सेनाको उपत्यका पृतनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिनुभयो ।
अहिलेसम्म एक हजार ३०० भन्दा बढी शव उपत्यकाबाट व्यवस्थापन गरिसकिएको छ । त्यसमा चार भारतीय, एक सुडानी र एक चिनियाँ गरी छ शव विदेशी नागरिकको थियो । पशुपतिस्थित विद्युतीय शव दाहस्थलका अतिरिक्त स्वयम्भूको समाधिस्थलमा छ र वनकाली समाधिस्थलमा चार शव व्यवस्थापन गरिएको विवरण उपत्यका पृतनाले दिएको छ ।
२०१७ सालदेखि नै नेपाली सेनामा प्राविधिकतर्फ महिला सहभागी थिए । विसं २०६० पछि प्रशासनतर्फ पनि सहभागी गराइएको हो । अहिले सेनामा पाँच हजारभन्दा बढी सैनिक महिला छन् ।
आफन्तबाट अनुहार हेर्न दिइएन भन्ने गुनासोबारे सैनिक प्रवक्ता पौडेल भन्नुभयो, ‘‘प्लाष्टिकसहित तीन तहमा शवलाई बानेर राखिएको हुन्छ, सेनाले शव खोल्ने पनि होइन, बान्ने पनि होइन मात्र व्यवस्थापन गर्ने हो ।” उहाँले शव खोल्ने विषयमा सेनामा दक्ष जनशक्ति पनि नभएकाले अस्पतालमा प्रक्रिया पूरा गर्नु अघि नै आवश्यक समन्वय गर्न सम्बन्धित परिवारसँग अनुरोध गर्नुहुन्छ । घरमा आइसोलेसनमा रहेका बेला मृत्यु भएकाको हकमा भने त्यो समस्या छैन ।
कतिपय अबस्थामा अस्पतालमा शुल्क भुक्तानीको ढिलाइ, आफन्तको उपस्थिति हुन ढिलाइले शव उठाउन समस्या हुने गरेको छ । कुनै दिन धेरै शव उठाउनु पर्दा एकै पटक शव उठाउनुपर्दा व्यवस्थापनमा अलिकति ढिलाइ हुने गरेको छ । तर आवश्यक समन्वयमा काम गर्ने गरिएको सेनाले जनाएको छ ।
नेपाली सेनाले देशभर गरेर झण्डै तीन हजार तालीमप्राप्त जनशक्ति शव व्यवस्थापनमा खटाउँदै आएको छ । प्रत्येक जिल्लामा दुई या त्योभन्दा माथिको समूह तयार गरेर राखिएको छ ।
उपत्यकामा १३ टोली
शव व्यवस्थापनमा उपत्यका पृतनामार्फत तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का छ व्यारेकमा तयार पारिएको १३ समूहले काम गर्दै आएको छ । नेपालकै पहिलो महिला सेनाको गुल्म गोरखकाली गुल्मका दुई महिला समूह त्यही टोलीमा सहभागि छन् ।
सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र सेनाले बनाएको मापदण्ड पूर्ण पालना गर्दै प्रशिक्षित सेनाको टोलीले शव व्यवस्थापन गर्दै आएको छ । मृतक रहेको अस्पताल नजिक पर्ने व्यारेकबाट टोली परिचालन हुन्छ ।
अस्पतालले सिसिएमसीमा र त्यहाँबाट उपत्यका पृतनामा खबर पठाउँछ । पृतनाको निर्देशनअनुसार टोली परिचालन हुन्छ । दाहसंस्कारका बेला सम्बन्धित परिवारको सहमतिमा उनीहरु कै धार्मिक परम्पराअनुसार शवको व्यवस्थापन गर्ने गरिएको नेपाली सेनाको उपत्यका पृतनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिनुभयो । अहिलेसम्म एक हजार ३०० बढी शव उपत्यकाबाट व्यवस्थापन गरिएको छ । त्यसमा चार भारतीय, एक सुडानी र एक चिनियाँ गरी छ शव विदेशी नागरिकको थियो । पशुपतिस्थित विद्युतीय शव दाहस्थलमा एक हजार ३०० बढी, स्वयम्भुको समाधिस्थलमा छ र वनकाली समाधिस्थलमा चार शव व्यवस्थापन गरिएको उपत्यका पृतनाले जनाएको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप