
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
“कान्तिपुर, कारोबार, अन्नपूर्ण, नागरिक, एभिन्युज, माउन्टेन टिभी, नेपाल आज अनलाइनका पीडित श्रमजीवीहरुलगायत सम्पूर्ण पत्रकार तथा श्रमजीवीहरुको सहभागिता”
डन न्यूज ।
काठमाडौं । अरुको समाचार लेख्दै हिड्ने पत्रकारहरु यतिबेला आफैं समाचार बनिरहेका छन् । तर ती समाचारहरु आफैंले काम गर्ने सञ्चारगृहबाट भने आउन सकिरहेका छैनन् । दवाईएका छन् आवाजहरु र वेवास्ता गरिएका छन् मागहरु । तर पनि दिनप्रतिदिन आन्दोलन चर्किदैं छ र पत्रकारहरु सडकमा उत्रिने क्रम बढ्दो छ ।
सञ्चार गृहहरुबाट पीडित पत्रकार तथा कर्मचारीहरुले आज थाल ठट्टाउँदै प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका छन् । लामो समयदेखि ठूला मिडियाहाउसले कर्मचारीहरुलाई जबरजस्ती कामबाट निकालेको, न्यनतम पारिश्रमक समितिले निर्धारण गरेको तलब नदिएको, काम बाट निकालएका पत्रकार तथा कर्मचारीहरुलाई तत्काल पुरबाहालीको माग राखेर आन्दोलनमा उत्रिएका पत्रकारहरु र श्रमजीवीहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमा सरकार कता छ भन्दै घेराउ गरेका हुन् । कोरोना महामारीको बेला न्युनतम मानवीयतालाई बिर्सेर मिडिया मालिकहरुले पत्रकार र कर्मचारीको पेटमा लात हानेर सडकमै पुर्याइदिएपछि त्यसको प्रतिरोध सडकबाटै गर्ने भन्दै थाल ठटाएर नाराबाजीसहित प्रदर्शनमा उत्रिन बाध्य भएका हुन् ।
पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सह–संयोजक तथा केन्द्रीय सदस्य जन्मदेव जैसीको नेतृत्व र समन्वय र सञ्चारगृहका पीडित पत्रकार रकर्मचारी संयुक्त संघर्ष समितिका संयोजक धर्मेन्द्र कर्णको मुख्य संयोजनमा गत असोज १५ गतेबाट रिले अनसन, मिडिया हाउस घेराउ गर्दै आज बालुवाटारमा थाली ठटाएर, नाराबाजी गर्दै घेराउ गरेका हुन् ।
प्रदर्शनका नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघको श्रमजीवि हित प्रवर्द्धन समितिका सहसंयोजक तथा केन्द्रीय सदस्य जैसी, अर्का केन्द्रीय सदस्य गोविन्द चौलागाईँ, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, नेपाल प्रेस युनियनका नेता जगनाथ दुफाल, प्रेस संगठनका नेता सागर पन्त, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य नरेश शाही, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य करन बडाल, क्रान्तिकारी पत्रकार महासंघका प्रतिनिधिहरु, आठवटै ट्रेड युनियन संयुक्त संघर्ष समितिका तर्फबाट क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष लोकेन्द्र थापा, प्रगतिशील ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत, महासचिव राजन तामाङ, कान्तिपुर मिडिया ग्रुप संयुक्त संघर्ष समितिका संयोजक श्रीराम वाग्ले, कान्तिपुर, कारोबार, अन्नपूर्ण, नागरिक, एभिन्युज, माउन्टेन टिभी, नेपाल आज अनलाइनका पीडित श्रमजीवीहरुलगायत सम्पूर्ण पत्रकार तथा श्रमजीवीहरुको सहभागिता गरेहेका थियो । दशैंलगत्तै दोश्रो चरणको सशक्त आन्दोलन गर्ने महासंघले तयारी गरेको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु