
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
“कान्तिपुर, कारोबार, अन्नपूर्ण, नागरिक, एभिन्युज, माउन्टेन टिभी, नेपाल आज अनलाइनका पीडित श्रमजीवीहरुलगायत सम्पूर्ण पत्रकार तथा श्रमजीवीहरुको सहभागिता”
डन न्यूज ।
काठमाडौं । अरुको समाचार लेख्दै हिड्ने पत्रकारहरु यतिबेला आफैं समाचार बनिरहेका छन् । तर ती समाचारहरु आफैंले काम गर्ने सञ्चारगृहबाट भने आउन सकिरहेका छैनन् । दवाईएका छन् आवाजहरु र वेवास्ता गरिएका छन् मागहरु । तर पनि दिनप्रतिदिन आन्दोलन चर्किदैं छ र पत्रकारहरु सडकमा उत्रिने क्रम बढ्दो छ ।
सञ्चार गृहहरुबाट पीडित पत्रकार तथा कर्मचारीहरुले आज थाल ठट्टाउँदै प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका छन् । लामो समयदेखि ठूला मिडियाहाउसले कर्मचारीहरुलाई जबरजस्ती कामबाट निकालेको, न्यनतम पारिश्रमक समितिले निर्धारण गरेको तलब नदिएको, काम बाट निकालएका पत्रकार तथा कर्मचारीहरुलाई तत्काल पुरबाहालीको माग राखेर आन्दोलनमा उत्रिएका पत्रकारहरु र श्रमजीवीहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमा सरकार कता छ भन्दै घेराउ गरेका हुन् । कोरोना महामारीको बेला न्युनतम मानवीयतालाई बिर्सेर मिडिया मालिकहरुले पत्रकार र कर्मचारीको पेटमा लात हानेर सडकमै पुर्याइदिएपछि त्यसको प्रतिरोध सडकबाटै गर्ने भन्दै थाल ठटाएर नाराबाजीसहित प्रदर्शनमा उत्रिन बाध्य भएका हुन् ।
पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सह–संयोजक तथा केन्द्रीय सदस्य जन्मदेव जैसीको नेतृत्व र समन्वय र सञ्चारगृहका पीडित पत्रकार रकर्मचारी संयुक्त संघर्ष समितिका संयोजक धर्मेन्द्र कर्णको मुख्य संयोजनमा गत असोज १५ गतेबाट रिले अनसन, मिडिया हाउस घेराउ गर्दै आज बालुवाटारमा थाली ठटाएर, नाराबाजी गर्दै घेराउ गरेका हुन् ।
प्रदर्शनका नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघको श्रमजीवि हित प्रवर्द्धन समितिका सहसंयोजक तथा केन्द्रीय सदस्य जैसी, अर्का केन्द्रीय सदस्य गोविन्द चौलागाईँ, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, नेपाल प्रेस युनियनका नेता जगनाथ दुफाल, प्रेस संगठनका नेता सागर पन्त, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य नरेश शाही, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य करन बडाल, क्रान्तिकारी पत्रकार महासंघका प्रतिनिधिहरु, आठवटै ट्रेड युनियन संयुक्त संघर्ष समितिका तर्फबाट क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष लोकेन्द्र थापा, प्रगतिशील ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत, महासचिव राजन तामाङ, कान्तिपुर मिडिया ग्रुप संयुक्त संघर्ष समितिका संयोजक श्रीराम वाग्ले, कान्तिपुर, कारोबार, अन्नपूर्ण, नागरिक, एभिन्युज, माउन्टेन टिभी, नेपाल आज अनलाइनका पीडित श्रमजीवीहरुलगायत सम्पूर्ण पत्रकार तथा श्रमजीवीहरुको सहभागिता गरेहेका थियो । दशैंलगत्तै दोश्रो चरणको सशक्त आन्दोलन गर्ने महासंघले तयारी गरेको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा