
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
बागलुङ। मालपोत कार्यालय भन्नासाथ धेरैको दिमागमा आज पनि धेरै झञ्झट व्यहोर्नुपर्ने अड्डा मात्र होइन कर्मचारीको मनोमानी, खुलमखुला आर्थिक लेनदेन हुने स्थल सम्झन्छन् । जग्गाको मोलमोलाइ, कमिशन र दलालको बिगबिगीजस्ता कुराले मालपोत कार्यालय लामो समयदेखि सेवाग्राहीका बीचमा बदनाम छ तर पछिल्लो समय प्रविधिमैत्री सेवा प्रवाहलाई आत्मसाथ गर्न थालेपछि उल्लेख्य सुधार आएको छ । बिचौलियाको तँछाडमछाड हुने र कर्मचारीको पहिलो रोजाइमा पर्ने अड्डामा पूरै नभए पनि अधिक सुधार आएको स्वयं सेवाग्राही बताउँछन् ।
मालपोत कार्यालय बागलुङले सेवाग्राहीलाई थप प्रभावकारी र पारदर्शी बनाउन अहिले सिसीक्यामेरा जडान, स्तनपान कक्ष, नगदरहित कारोवार तथा कोरोना रोकथाममैत्री वातावरणलगायतका कार्यले सेवा लिन पुगेका नागरिकले भिन्न अनुभूति गर्छन् ।
मालपोत कार्यालयमा पछिल्लो समय सेवाग्राहीमैत्री वातावरण तयार भएको जग्गाको कारोवार गर्नका लागि जिल्ला मालपोत कार्यालय बागलुङ आउनुभएका नेपाल बङ्गलादेश बैंक बागलुङ शाखाका वरिष्ठ सहायक सुन्दु सापकोटाले बताउनुभयो । “बैंकको कामबाट कहिले जग्गा रोक्का त कहिले फुकुवा काममा हप्तैपिच्छे मालपोत कार्यालय आउने गर्दछु”, सापकोटाले भन्नुभयो, “अहिले मालपोतमा सेवा लिन निकै सहज भएको छ, थोरै समयमा धेरै काम गर्न सकिन्छ ।” पहिला कार्यालय प्रमुखको हस्ताक्षर लिन दुई तलामाथि जानु पर्दथ्यो, कुन कोठामा के काम हुन्थ्यो भन्ने कुनै जानकारी थिएन, भीडभाड हुन्थ्यो तर अहिले निकै व्यवस्थित भएको महसुस भएको छ ।
मालपोतमा भीडभाड हुने जानकारी भएकाले बिहानै बलेवा पैँयुपाटाबाट ससुरासँग बागलुङ बजार आउनुभएकी ४६ वर्षीया माया नेपाली मालपोतमा निकै छिटो काम भएकामा दङ्ग हुनुहुन्थ्यो । “मालपोतमा ढिलो काम हुन्छ भन्ने सुनेर १० बजे नै बलेवाबाट कार्यालय आए पनि काम समयमै सकिँदा अन्य बजारको कामसमेत गर्न भ्याएँ”, नेपालीले भन्नुभयो, “हाम्रो पहिलाको मान्यताअनुसार कार्यालय नभएको पाइयो, निकै व्यवस्थित भएका कारण काम गर्न सहज भयो ।”
अन्य सरकारी कार्यालयभन्दा बढी सफा सुग्घर, अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, मूलद्वारमै हात धुने व्यवस्था रहेको सेवाग्राहीले बताएका छन् । हिजोको दिनमा सेवाग्राहीलाई कोठैपिच्छे कागज लिएर हिँड्नु पर्र्दथ्यो, अहिले सबै कोठा हटाएर एउटै हलमा काम हुने व्यवस्था गर्दा बढी पारदर्शी भएको छ । कोठैपिच्छे हिँड्नुपर्ने समस्याले हैरान पर्ने गरेका सेवाग्राहीलाई कार्यालय व्यवस्थापनसँगै सहज गराउने प्रयास भएको कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो ।
जग्गावालाभन्दा तेस्रो व्यक्तिको प्रयोगले समस्या हुँदै आए पनि अहिले सहज भएको शर्माको भनाइ छ । कार्यालयको भुइँतलामा रहेका आठ कोठालाई भत्काएर हल बनाई आलुमिनियम र सिसाको काउन्टर बनाई सेवाग्राही मात्र सेवा लिनका लागि भित्र जाने र पारदर्शीरूपमा सेवा दिने/लिने वातावरण बनाइएको शर्माले जानकारी दिनुभयो ।
कार्यालयभित्र पस्नासाथ कुन मानिसले कस्तो व्यवहार गरेको छ भन्ने कुरा सिसीक्यामेराबाटै देखिन्छ । नगद बैंकमा जम्मा गरेर भौचरमात्रै बुझाउनु पर्दा घुस खाने/खुवाउने प्रवृत्तिको समेत अन्त्य भएको कार्यालय प्रमुख शर्मा बताउनुहुन्छ ।
महिलाले बच्चा लिएर आउने र दूध खुवाउन समस्या भएका कारण स्तनपान कक्ष निर्माण, कार्यालय परिसरमै प्रभु बैंकको काउण्टर स्थापना गरिएको छ । कार्यालयमा शुद्ध खानेपानीको समेत व्यवस्था गरिएको छ । कोरोना महामारीले गर्दा धेरै भीडभाड गर्न नपाइने भएकाले अनावश्यक मानिसलाई प्रवेशमा रोक, मास्क तथा स्यानिटाइजरको प्रयोग, अनिवार्य हात धोएर मात्र प्रवेश गर्न दिने र सामाजिक दूरी कायम गराउँदै आएको छ । अब कार्यालयमा पुराना लिखत, पुराना दर्ता, भूमि सुधारका पुराना फारामलाई आगामी दिनमा व्यवस्थापन गर्ने र आवश्यक परेको समयमा तुरुन्तै भेट्टाउन सकिने गराउने मालापोत कार्यालयको योजना छ । रासस