
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, २३ जेठ । पछिल्लो तीन वर्षको अवधिमा गण्डकी प्रदेशमा भएका ठूला सहकारी घोटालाहरूको पर्दाफास गर्दै राज्यलाई अर्बौं रुपैयाँको आर्थिक क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वित्तीय विश्लेषक निर्मल गौतम अब औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्।
बैंक तथा वित्तीय क्षेत्रमा अधिकृत स्तरमा पाँच वर्षसम्म कार्यरत रही कम्पनी सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका गौतम २०७९ सालदेखि गण्डकी प्रदेशको सहकारी रजिस्ट्रारको कार्यालयमा वित्तीय विश्लेषक र परामर्शदाताका रूपमा कार्यरत थिए। सो अवधिमा उनले सहकारीका जटिल घोटालाहरूको प्रारम्भिक छानबिन गर्नुका साथै नेपाल प्रहरीलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएका थिए।
गौतमको राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुरु भएको छ। कुश्मा नगरपालिकाको नगर अधिवेशनबाट निर्वाचित भएपछि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिको रूपमा पठाइएको सो पार्टीको पर्वत शाखाले जनाएको छ। सहकारी क्षेत्रमा उनले निर्वाह गरेको भूमिका र उनले उजागर गरेका तथ्यहरूलाई उच्च चासोका साथ हेरिएको छ।
निर्भीक अनि निडर निर्मल गौतमको यो राजनीतिक कदमले समग्र नीति निर्माण, दीर्घकालीन समस्या समाधान र अवैध धनलाई राज्यकोषमा फिर्ता ल्याउने संरचना तयार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
सहकारी संस्थाहरूलाई माध्यम बनाई बचतकर्ता र सेयर सदस्यहरूको अर्बौं रुपैयाँ हिनामिना गरिएको तथ्य उनले बाहिर ल्याएका थिए। उनले प्रस्तुत गरेका प्रतिवेदनहरूले बचतकर्ताको रकम मात्र नभई, सहकारीको आडमा अर्बौं रुपैयाँको ‘कालोधन’ सिर्जना गरिएको डरलाग्दो तथ्यसमेत उजागर गरेका छन्। उनको राजनीतिक प्रवेशलाई सहकारी मार्फत सिर्जित सो कालोधनलाई नीतिगत व्यवस्था गरी राज्यको ढुकुटीमा फिर्ता ल्याउने र सहकारी पीडितहरूलाई न्याय दिलाउने एक अवसरको रूपमा हेरिएको छ।
गौतमले पछिल्लो तीन वर्षमा कुल २७ वटा सहकारी संस्थाको विस्तृत वित्तीय विश्लेषण तथा छानबिन गरेका छन्। उनले नियमनकारी निकायमा पेस गरेका प्रतिवेदनहरू अनुसार ती सहकारीहरूमा कुल ८ अर्ब ९ करोड १६ लाख ५८ हजार ४९ रुपैयाँ हिनामिना भएको पाइएको छ। हाल यी प्रतिवेदनहरू कार्यान्वयन र कारबाहीको चरणमा रहेका छन्। यद्यपि, सरकारसँग हालसम्म सहकारीमा कति बचतकर्ताको रकम जोखिममा छ भन्ने यकिन तथ्याङ्क नहुनु दुःखद पक्ष हो।
निर्मल गौतमले प्रस्तुत गरेका प्रतिवेदनहरूले बचतकर्ताको रकम मात्र नभई, सहकारीको आडमा अर्बौं रुपैयाँको ‘कालोधन’ सिर्जना गरिएको डरलाग्दो तथ्यसमेत उजागर गरेका छन्।
यसअघि सहकारी समस्या समाधानका लागि गठित संसदीय छानबिन समितिमा ‘प्राइम बहुउद्देश्यीय सहकारी संस्था’ मात्र समावेश गरिएको थियो। गौतमको प्रतिवेदनले बचतकर्ताको रकम हिनामिनाबाहेक १ अर्ब ९८ करोड ३२ लाख ६५ हजार ७८८ रुपैयाँ कालोधन सिर्जना गरी करोडौं राजस्व छलीमा सहकारीलाई माध्यम बनाइएको तथ्यसमेत उठाएको छ। यसरी छोटो अवधिमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने विश्लेषक गौतमलाई राज्यले उचित सुरक्षाको प्रबन्ध मिलाउन नसकेको गुनासोसमेत उत्तिकै छ।
यसबाहेक, भिमाद बचत तथा ऋण सहकारी संस्था, तनहुँमा ऋणीहरूको उजुरीउपरको छानबिनसहित विस्तृत अनुगमनको प्रक्रिया अगाडि बढाइएको छ।
निर्भीक अनि निडर गौतमको यो राजनीतिक कदमले समग्र नीति निर्माण, दीर्घकालीन समस्या समाधान र अवैध धनलाई राज्यकोषमा फिर्ता ल्याउने संरचना तयार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। उनको प्रखर वित्तीय विश्लेषण क्षमताले सहकारी पीडितहरूका लागि न्याय दिलाउन र देशको समृद्धिमा कोसेढुङ्गा सावित हुने अपेक्षासहित धेरैले उनको आगामी राजनीतिक यात्राको सफलताको कामना गरेका छन्।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति