
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
८पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पोखरा, २३ जेठ । पछिल्लो तीन वर्षको अवधिमा गण्डकी प्रदेशमा भएका ठूला सहकारी घोटालाहरूको पर्दाफास गर्दै राज्यलाई अर्बौं रुपैयाँको आर्थिक क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वित्तीय विश्लेषक निर्मल गौतम अब औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्।
बैंक तथा वित्तीय क्षेत्रमा अधिकृत स्तरमा पाँच वर्षसम्म कार्यरत रही कम्पनी सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका गौतम २०७९ सालदेखि गण्डकी प्रदेशको सहकारी रजिस्ट्रारको कार्यालयमा वित्तीय विश्लेषक र परामर्शदाताका रूपमा कार्यरत थिए। सो अवधिमा उनले सहकारीका जटिल घोटालाहरूको प्रारम्भिक छानबिन गर्नुका साथै नेपाल प्रहरीलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएका थिए।
गौतमको राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुरु भएको छ। कुश्मा नगरपालिकाको नगर अधिवेशनबाट निर्वाचित भएपछि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिको रूपमा पठाइएको सो पार्टीको पर्वत शाखाले जनाएको छ। सहकारी क्षेत्रमा उनले निर्वाह गरेको भूमिका र उनले उजागर गरेका तथ्यहरूलाई उच्च चासोका साथ हेरिएको छ।
निर्भीक अनि निडर निर्मल गौतमको यो राजनीतिक कदमले समग्र नीति निर्माण, दीर्घकालीन समस्या समाधान र अवैध धनलाई राज्यकोषमा फिर्ता ल्याउने संरचना तयार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
सहकारी संस्थाहरूलाई माध्यम बनाई बचतकर्ता र सेयर सदस्यहरूको अर्बौं रुपैयाँ हिनामिना गरिएको तथ्य उनले बाहिर ल्याएका थिए। उनले प्रस्तुत गरेका प्रतिवेदनहरूले बचतकर्ताको रकम मात्र नभई, सहकारीको आडमा अर्बौं रुपैयाँको ‘कालोधन’ सिर्जना गरिएको डरलाग्दो तथ्यसमेत उजागर गरेका छन्। उनको राजनीतिक प्रवेशलाई सहकारी मार्फत सिर्जित सो कालोधनलाई नीतिगत व्यवस्था गरी राज्यको ढुकुटीमा फिर्ता ल्याउने र सहकारी पीडितहरूलाई न्याय दिलाउने एक अवसरको रूपमा हेरिएको छ।
गौतमले पछिल्लो तीन वर्षमा कुल २७ वटा सहकारी संस्थाको विस्तृत वित्तीय विश्लेषण तथा छानबिन गरेका छन्। उनले नियमनकारी निकायमा पेस गरेका प्रतिवेदनहरू अनुसार ती सहकारीहरूमा कुल ८ अर्ब ९ करोड १६ लाख ५८ हजार ४९ रुपैयाँ हिनामिना भएको पाइएको छ। हाल यी प्रतिवेदनहरू कार्यान्वयन र कारबाहीको चरणमा रहेका छन्। यद्यपि, सरकारसँग हालसम्म सहकारीमा कति बचतकर्ताको रकम जोखिममा छ भन्ने यकिन तथ्याङ्क नहुनु दुःखद पक्ष हो।
निर्मल गौतमले प्रस्तुत गरेका प्रतिवेदनहरूले बचतकर्ताको रकम मात्र नभई, सहकारीको आडमा अर्बौं रुपैयाँको ‘कालोधन’ सिर्जना गरिएको डरलाग्दो तथ्यसमेत उजागर गरेका छन्।
यसअघि सहकारी समस्या समाधानका लागि गठित संसदीय छानबिन समितिमा ‘प्राइम बहुउद्देश्यीय सहकारी संस्था’ मात्र समावेश गरिएको थियो। गौतमको प्रतिवेदनले बचतकर्ताको रकम हिनामिनाबाहेक १ अर्ब ९८ करोड ३२ लाख ६५ हजार ७८८ रुपैयाँ कालोधन सिर्जना गरी करोडौं राजस्व छलीमा सहकारीलाई माध्यम बनाइएको तथ्यसमेत उठाएको छ। यसरी छोटो अवधिमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने विश्लेषक गौतमलाई राज्यले उचित सुरक्षाको प्रबन्ध मिलाउन नसकेको गुनासोसमेत उत्तिकै छ।
यसबाहेक, भिमाद बचत तथा ऋण सहकारी संस्था, तनहुँमा ऋणीहरूको उजुरीउपरको छानबिनसहित विस्तृत अनुगमनको प्रक्रिया अगाडि बढाइएको छ।
निर्भीक अनि निडर गौतमको यो राजनीतिक कदमले समग्र नीति निर्माण, दीर्घकालीन समस्या समाधान र अवैध धनलाई राज्यकोषमा फिर्ता ल्याउने संरचना तयार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। उनको प्रखर वित्तीय विश्लेषण क्षमताले सहकारी पीडितहरूका लागि न्याय दिलाउन र देशको समृद्धिमा कोसेढुङ्गा सावित हुने अपेक्षासहित धेरैले उनको आगामी राजनीतिक यात्राको सफलताको कामना गरेका छन्।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?