
१गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
२कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
दाङ, २१ जेठ । रोल्पाको माडी गाउँपालिका–२, घर्ती गाउँस्थित व्याङखोलामा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। शहिद मार्गअन्तर्गत पर्ने सो स्थानमा दुर्घटनाग्रस्त बोलेरो पिकअप गाडी सडकबाट झन्डै छ सय मिटर तल खसेको छ।
बुधबार राति ११ देखि १२ बजेको समयमा भएको उक्त दुर्घटनाबारे बिहानसम्म कसैलाई जानकारी थिएन। घना जंगल र सुनसान क्षेत्रमा दुर्घटना भएका कारण घटनाको लामो समयपछि मात्रै स्थानीयले भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बिहान ८ बजे स्थानीयमार्फत सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्ती गाउँ र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी) पञ्चकुमार बाखुका अनुसार, घटनास्थलको भूगोल निकै कठिन र भिरालो भएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ। प्रहरी र सशस्त्र प्रहरीको लामो प्रयासपछि घटनास्थलबाट श्रीमान–श्रीमतीको शव निकाल्न सफल भए पनि चालकको शव रहेको स्थानमा पुग्न कठिन भएपछि नेपाली सेनालाई गुहारिएको हो। हाल नेपाली सेनाको टोलीले घिर्नी र पुल्लीलगायतका विशेष उपकरणको प्रयोग गरी चालकको शव निकाल्ने प्रयास गरिरहेको छ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा चालक घोराही उपमहानगरपालिका-७ देसाहीका २५ वर्षीय वीरबहादुर चौधरी, दाङको दंगीशरण गाउँपालिका-७ घर भई हाल घोराही–१४ मा बस्दै आएका ४० वर्षीय जिउधन चौधरी र उनकी ३० वर्षीया श्रीमती कमला चौधरी रहेका छन्। अस्थायी नम्बर प्लेट एमएच १४ टिसीजे ४७१ को उक्त बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
डिएसपी बाखुका अनुसार दुर्घटना भएको सडकको अवस्था सामान्य छ। उक्त स्थानमा कुनै अप्ठ्यारो घुम्ती वा मोड नभएकाले रातिको समयमा चालक निदाएको वा अन्य कुनै प्राविधिक कारणले गाडी अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रहरी अभिलेखअनुसार, चालक वीरबहादुरले जेठ २० गते राति साढे १० बजे इलाका प्रहरी कार्यालय होलेरीको चेकपोष्टमा गाडी इन्ट्री गराएका थिए। उनले घोराहीस्थित ‘सिद्धबाबा सप्लायर्स’ को सामान होलेरी पु¥याउन आएको विवरण टिपाएका थिए। सोही विवरणका आधारमा प्रहरीले आफन्तको पहिचान गरी सनाखत गराएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?