
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
दाङ, २१ जेठ । रोल्पाको माडी गाउँपालिका–२, घर्ती गाउँस्थित व्याङखोलामा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। शहिद मार्गअन्तर्गत पर्ने सो स्थानमा दुर्घटनाग्रस्त बोलेरो पिकअप गाडी सडकबाट झन्डै छ सय मिटर तल खसेको छ।
बुधबार राति ११ देखि १२ बजेको समयमा भएको उक्त दुर्घटनाबारे बिहानसम्म कसैलाई जानकारी थिएन। घना जंगल र सुनसान क्षेत्रमा दुर्घटना भएका कारण घटनाको लामो समयपछि मात्रै स्थानीयले भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बिहान ८ बजे स्थानीयमार्फत सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्ती गाउँ र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी) पञ्चकुमार बाखुका अनुसार, घटनास्थलको भूगोल निकै कठिन र भिरालो भएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ। प्रहरी र सशस्त्र प्रहरीको लामो प्रयासपछि घटनास्थलबाट श्रीमान–श्रीमतीको शव निकाल्न सफल भए पनि चालकको शव रहेको स्थानमा पुग्न कठिन भएपछि नेपाली सेनालाई गुहारिएको हो। हाल नेपाली सेनाको टोलीले घिर्नी र पुल्लीलगायतका विशेष उपकरणको प्रयोग गरी चालकको शव निकाल्ने प्रयास गरिरहेको छ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा चालक घोराही उपमहानगरपालिका-७ देसाहीका २५ वर्षीय वीरबहादुर चौधरी, दाङको दंगीशरण गाउँपालिका-७ घर भई हाल घोराही–१४ मा बस्दै आएका ४० वर्षीय जिउधन चौधरी र उनकी ३० वर्षीया श्रीमती कमला चौधरी रहेका छन्। अस्थायी नम्बर प्लेट एमएच १४ टिसीजे ४७१ को उक्त बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
डिएसपी बाखुका अनुसार दुर्घटना भएको सडकको अवस्था सामान्य छ। उक्त स्थानमा कुनै अप्ठ्यारो घुम्ती वा मोड नभएकाले रातिको समयमा चालक निदाएको वा अन्य कुनै प्राविधिक कारणले गाडी अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रहरी अभिलेखअनुसार, चालक वीरबहादुरले जेठ २० गते राति साढे १० बजे इलाका प्रहरी कार्यालय होलेरीको चेकपोष्टमा गाडी इन्ट्री गराएका थिए। उनले घोराहीस्थित ‘सिद्धबाबा सप्लायर्स’ को सामान होलेरी पु¥याउन आएको विवरण टिपाएका थिए। सोही विवरणका आधारमा प्रहरीले आफन्तको पहिचान गरी सनाखत गराएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति