
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, १० वैशाख । गृहमन्त्री सुधन गुरुङले बुधबार राजीनामा दिएका छन् । चैत १३ गते गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गुरुङले नियुक्त भएको करिब २७ दिनमै पदबाट बाहिरिनुपरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका कुख्यात विचौंलिया दीपक भट्टसँग व्यावसायिक सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि गुरुङमाथि स्वार्थको द्वन्द्व र पारदर्शिताको प्रश्न उठेको थियो । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा गुरुङको सेयर लगानी रहेको कागजात बाहिरिएका थिए । यी कम्पनीमा भट्ट र शंकर समूहको पनि लगानी रहेको बताइएको छ । गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा भने यी लगानीको उल्लेख थिएन ।
राजीनामा दिएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै गुरुङले भनेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै स्वार्थको द्वन्द्व नदेखियोस् तथा त्यसले अनुसन्धानमा असर नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’ उनले नैतिकताको आधारमा यो निर्णय लिएको बताएका छन् ।
राजीनामा दिनुअघि गुरुङ राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको बैठकमा सहभागी थिए । बैठक चल्दै गर्दा उनी बाहिरिएर प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न गएका थिए । प्रधानमन्त्री शाहले राजीनामा स्वीकार गरेपछि गुरुङले सार्वजनिक घोषणा गरेका हुन् ।
गृहमन्त्री बन्नुअघि जेन–जी आन्दोलनबाट उदाएका गुरुङले सुशासन र भ्रष्टाचारविरुद्ध कडा अडान लिएका थिए । ‘कसैलाई छाड्दिनँ, आफ्नै बुबालाई पनि छाड्दिनँ’ भन्दै आएका उनले गृहमन्त्री भएलगत्तै उच्च प्रोफाइल पक्राउ र सुधारका काममा सक्रियता देखाएका थिए । तर, आफैंमाथि आर्थिक कारोबारको प्रश्न उठेपछि उनी नैतिकताको आधारमा पद छोड्न बाध्य भएका छन् ।
प्रधानमन्त्री शाहले राजीनामा स्वीकार गरेपछि गृह मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने भएका छन् । गुरुङमाथिको छानबिन नसकिँदासम्म यो व्यवस्था रहने बताइएको छ । यदि उनी निर्दोष ठहरिए फेरि गृहमन्त्री बन्न सक्ने, दोषी देखिए कारबाही हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयका स्रोतले जनाएका छन् । संसदीय छानबिन समिति गठन गर्ने तयारीसमेत भइरहेको छ ।
यो घटनाले सुशासनको जगमा बनेको सरकारमा नैतिकता र पारदर्शिताको प्रश्नलाई एकपटक फेरि उजागर गरेको छ । गुरुङले नैतिक जिम्मेवारी निर्वाह गरेको भन्दै आफ्नो निर्णयलाई आत्मशुद्धि र परिवर्तनको बाटोमा सबै उभिनुपर्ने अपिलसमेत गरेका छन् ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा