
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, १० वैशाख । गृहमन्त्री सुधन गुरुङले बुधबार राजीनामा दिएका छन् । चैत १३ गते गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गुरुङले नियुक्त भएको करिब २७ दिनमै पदबाट बाहिरिनुपरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका कुख्यात विचौंलिया दीपक भट्टसँग व्यावसायिक सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि गुरुङमाथि स्वार्थको द्वन्द्व र पारदर्शिताको प्रश्न उठेको थियो । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा गुरुङको सेयर लगानी रहेको कागजात बाहिरिएका थिए । यी कम्पनीमा भट्ट र शंकर समूहको पनि लगानी रहेको बताइएको छ । गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा भने यी लगानीको उल्लेख थिएन ।
राजीनामा दिएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै गुरुङले भनेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै स्वार्थको द्वन्द्व नदेखियोस् तथा त्यसले अनुसन्धानमा असर नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’ उनले नैतिकताको आधारमा यो निर्णय लिएको बताएका छन् ।
राजीनामा दिनुअघि गुरुङ राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको बैठकमा सहभागी थिए । बैठक चल्दै गर्दा उनी बाहिरिएर प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न गएका थिए । प्रधानमन्त्री शाहले राजीनामा स्वीकार गरेपछि गुरुङले सार्वजनिक घोषणा गरेका हुन् ।
गृहमन्त्री बन्नुअघि जेन–जी आन्दोलनबाट उदाएका गुरुङले सुशासन र भ्रष्टाचारविरुद्ध कडा अडान लिएका थिए । ‘कसैलाई छाड्दिनँ, आफ्नै बुबालाई पनि छाड्दिनँ’ भन्दै आएका उनले गृहमन्त्री भएलगत्तै उच्च प्रोफाइल पक्राउ र सुधारका काममा सक्रियता देखाएका थिए । तर, आफैंमाथि आर्थिक कारोबारको प्रश्न उठेपछि उनी नैतिकताको आधारमा पद छोड्न बाध्य भएका छन् ।
प्रधानमन्त्री शाहले राजीनामा स्वीकार गरेपछि गृह मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने भएका छन् । गुरुङमाथिको छानबिन नसकिँदासम्म यो व्यवस्था रहने बताइएको छ । यदि उनी निर्दोष ठहरिए फेरि गृहमन्त्री बन्न सक्ने, दोषी देखिए कारबाही हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयका स्रोतले जनाएका छन् । संसदीय छानबिन समिति गठन गर्ने तयारीसमेत भइरहेको छ ।
यो घटनाले सुशासनको जगमा बनेको सरकारमा नैतिकता र पारदर्शिताको प्रश्नलाई एकपटक फेरि उजागर गरेको छ । गुरुङले नैतिक जिम्मेवारी निर्वाह गरेको भन्दै आफ्नो निर्णयलाई आत्मशुद्धि र परिवर्तनको बाटोमा सबै उभिनुपर्ने अपिलसमेत गरेका छन् ।