
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, १४ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको छ । ओलीलाई भक्तपुरको गुण्डुस्थित आफ्नै निवासबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका हिंसा र मृत्युका घटनाको अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसहितका अधिकारीहरूलाई लापरबाही र हेलचेक्र्याइँको आरोपमा अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेको थियो ।
आयोगको प्रतिवेदन सार्वजनिक भएको केही दिनमै बालेन शाहको नेतृत्वमा गठित नयाँ मन्त्रिपरिषद्ले शुक्रबार बैठक बसी उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट नै प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरी दुवै नेताहरूलाई पक्राउ गरेको हो ।
पक्राउपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’
प्रहरीले जेन–जी आन्दोलनमा भएका मृत्युका घटनामा लापरबाहीपूर्ण तरिकाले ज्यान मारिएको अभियोगमा अनुसन्धान अघि बढाएको छ । आयोगले मुलुकी अपराध संहिताको दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो, जसमा तीनदेखि दश वर्षसम्म कैद र जरिवाना हुन सक्ने व्यवस्था छ ।
दुवै नेताका वकिलहरूले भने जरुरी पक्राउ पुर्जीको औचित्यमाथि प्रश्न उठाउने बताएका छन् । उनीहरूका अनुसार सामान्य अवस्थामा यस्तो पुर्जी आवश्यक नपर्ने र उनीहरू भाग्ने सम्भावना पनि नभएको तर्क छ । अदालतले आजै पुर्जी समर्थन गरेन भने उनीहरू छुट्न सक्ने छन्, तर अनुसन्धान भने जारी रहनेछ । अदालतले समर्थन गरेमा सरकारी वकिलले थप अनुसन्धानका लागि हिरासत म्याद माग्ने छन् । प्रचलित कानुनअनुसार यस्ता मुद्दामा अधिकतम २५ दिनसम्म हिरासतमा राखेर सोधपुछ गर्न सकिन्छ ।
यो पक्राउलाई लिएर राजनीतिक वृत्तमा निकै चर्चा परेको छ । केहीले यसलाई न्यायको प्रक्रिया भनेका छन् भने अरूले राजनीतिक प्रतिशोधको रूपमा टिप्पणी गरेका छन् । अब अदालतले के गर्छ र अनुसन्धान कसरी अघि बढ्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ ।