
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, १३ चैत । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा बालेनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको यो पहिलो घटना हो। यसैगरी मधेशी समुदायबाट नेपालको प्रधानमन्त्री बन्ने बालेन पहिलो व्यक्ति हुन्।
काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर फागुन २१ को आमनिर्वाचनमा भाग लिएका बालेन झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनी संसद् प्रवेश गरेलगत्तै प्रधानमन्त्री बन्न पुगेका छन्।
यो मन्त्रिपरिषद् गठनले नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व र युवा केन्द्रित परिवर्तनको सुरुवात गरेको रूपमा हेरिएको छ। बालेन नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।
बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। यस मन्त्रिपरिषद्मा पाँचजना महिला मन्त्री समेटिएका छन्। प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बालेनले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पनि आफैं सम्हालेका छन्। मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन्।
सुधन गुरुङले गृह मन्त्रालयको नेतृत्व पाएका छन् भने विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन्। सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा विक्रम तिमिल्सिना र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा दीपक साह (महोत्तरी) छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल र पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रीमा खड्कराज (गणेश) पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी छन्। गीता चौधरीले कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन्।