
१कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
३कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
४आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
५पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
६एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
७बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
८श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
११पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
१२समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
काठमाडौं, १३ चैत । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा बालेनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको यो पहिलो घटना हो। यसैगरी मधेशी समुदायबाट नेपालको प्रधानमन्त्री बन्ने बालेन पहिलो व्यक्ति हुन्।
काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर फागुन २१ को आमनिर्वाचनमा भाग लिएका बालेन झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनी संसद् प्रवेश गरेलगत्तै प्रधानमन्त्री बन्न पुगेका छन्।
यो मन्त्रिपरिषद् गठनले नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व र युवा केन्द्रित परिवर्तनको सुरुवात गरेको रूपमा हेरिएको छ। बालेन नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।
बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। यस मन्त्रिपरिषद्मा पाँचजना महिला मन्त्री समेटिएका छन्। प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बालेनले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पनि आफैं सम्हालेका छन्। मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन्।
सुधन गुरुङले गृह मन्त्रालयको नेतृत्व पाएका छन् भने विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन्। सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा विक्रम तिमिल्सिना र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा दीपक साह (महोत्तरी) छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल र पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रीमा खड्कराज (गणेश) पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी छन्। गीता चौधरीले कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन्।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ