
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, ११ चैत । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाएका छन् ।
बिहीबार आज सिंहदरबारस्थित अस्थायी संसद् भवनको बहुउद्देश्यीय सभा हलमा आयोजित कार्यक्रममा केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सभामुखको निर्वाचन नभइसकेको अवस्थामा संवैधानिक प्रावधानअनुसार ज्येष्ठ सदस्यले नै शपथ गराउने व्यवस्था छ ।
शपथ ग्रहण कार्यक्रमअघि संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद गौतमले नवनिर्वाचित सांसदहरूलाई स्वागत गरेका थिए ।
संसद् सचिवालयका अनुसार, ६३ जना सांसदले नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिएका छन् । नवनिर्वाचित सांसदहरूले आफ्नो सांस्कृतिक पहिचान झल्कने विभिन्न भेषभूषा लगाएर शपथ ग्रहण गर्न सिंहदरबार पुगेका थिए ।
स्थायी संसद् भवन निर्माण कार्य पूरा नभएकाले अस्थायी संरचनामा नै शपथ कार्यक्रम आयोजना गरिएको हो । नयाँ भवन तयार नहुँदासम्म यो अस्थायी संरचनामै संसद्का बैठकहरू बस्ने छन् ।
शपथको मुख्य अंश यस प्रकार छ :
‘म मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु । ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको छ भन्ने कुरालाई स्वीकार गर्दै, नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै, प्रतिनिधिसभा सदस्यको पदको कामकाज प्रचलित कानुनको अधीनमा रही, मुलुक र जनताको हितमा सोझो चिताउँदै, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई, पदीय गोपनीयता कायम राखी इमानदारीपूर्वक काम गर्नेछु ।’