
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कुल एकहजार ६७ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।
पोखरा, ११ चैत । धनुष बचत तथा ऋण सहकारी संस्थाको १२ करोड ५६ लाख रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका कृष्णप्रसाद जैसीलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासँग जोडेर रास्वपा सभापति रवि लामिछानेको मुद्दासँग अनावश्यक लिङ्क गरिएकोप्रति सूर्यदर्शन सहकारीले गम्भीर ध्यानाकर्षण गरेको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कुल एकहजार ६७ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको भन्दैं शुरुमा १९ जना र पुरक अभियोजनपछि थप २५ जना विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ ।
सूर्यदर्शन सहकारीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा स्पष्ट पारिएको छ कि सूर्यदर्शन सहकारीको मुद्दा प्रकरणमा रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन्। संस्थाको विज्ञप्तिमा भनिएको छ, “सूर्यदर्शन सहकारीको मुद्दा प्रकरणमा पहिलो मुद्दाका जाहेरवाला र पूरक तथा थप मुद्दाका जाहेरवालाहरू फरक–फरक व्यक्तिका नाममा दर्ता गरिएको छ। हरेक मुद्दाको मिति पनि फरक–फरक छन्। कृष्णप्रसाद जैसीको जाहेरीमा रवि लामिछानेको मुद्दाको सुरुवात गरिएको होइन।”
विज्ञप्तिमा जैसीको व्यक्तिगत जीवन र कामकाजका विषयलाई सूर्यदर्शन सहकारीको मान–मर्यादा तथा रवि लामिछानेविरुद्धको मुद्दासँग जोडेर प्रचार प्रसार नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ। ‘कुनै बचतकर्ता वा जाहेरवालाले बाहिर गरेका उचित–अनुचित क्रियाकलापलाई यस संस्थासँग जोडेर समाचार बनाइनु र सामाजिक सञ्जालमा ल्याइनुले हामीलाई अति नै मर्माहत बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
सूर्यदर्शन सहकारीका सञ्चालक समिति अध्यक्ष किरण श्रेष्ठले यसअघि नै बताएअनुसार, जीबी राईसहित ७ जनाविरुद्धको सुरुवाती जाहेरी जैसीको नामबाट परे पनि रवि लामिछानेविरुद्धको पूरक जाहेरी भने गोविन्दप्रसाद अधिकारीको नाममा रहेको थियो।
संस्थाले विज्ञप्तिमार्फत थप जोड दिँदै भनेको छ— हाल सूर्यदर्शन सहकारीसँग जोडिएका मुद्दाहरू सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा समाचार सम्प्रेषण गर्दा अदालतको मान–मर्यादा र सम्मानलाई ध्यान दिन सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अनुरोध गरिएको छ।
कृष्णप्रसाद जैसी धनुष सहकारीको ऋण उपसमितिमा रहँदा कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ अपचलन गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा उल्लेख छ। कास्की प्रहरीले सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
सूर्यदर्शन सहकारीले भने जैसीलाई केवल एक पीडित बचतकर्ता र सामान्य जाहेरवाला मात्र ठहर गर्दै, धनुष सहकारीको प्रकरणलाई सूर्यदर्शनसँग जोडेर विषयवस्तु मोड्न खोजिएको भन्दै आपत्ति जनाएको छ।
