
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, ५ चैत । चुनावी हारपछि नेपाली कांग्रेसका सभापति गगन थापाले नैतिक आधारमा उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका छन् । पार्टीका धेरै नेताहरूले राजीनामा नदिन दबाब दिए पनि उनले जिम्मेवारी लिदैं राजीनामा दिएका हुन् । राजीनामाबारे केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ, जुन शुक्रबार बोलाइएको छ।
वि.सं. २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा गगन थापा सर्लाही–४ बाट रास्वपाका डा. अमरेशकुमार सिंहसँग पराजित भए। यसअघि उनी काठमाडौं–४ बाट पटक–पटक निर्वाचित हुँदै आएका थिए।
नेपाली कांग्रेस नेपालको प्रजातन्त्रको प्रमुख धरोहर र सबैभन्दा पुरानो राजनीतिक दल हो। यो पार्टी भ्रष्टाचारले लिप्त र मक्किएको अवस्थामा पुगेको थियो। गगन थापाले सभापति बनेर यसलाई उठाउने, सुधार्ने र बचाउने प्रयास गरे तर पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीले इतिहासकै सबैभन्दा कमजोर नतिजा ल्याउँदा उनले नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका हुन् ।
स्थापना र विभाजन–एकताको इतिहास
नेपाली कांग्रेसको जन्म वि.सं. २००३ असोज १८ मा बीपी कोइरालाको पहलमा भारतबाट भएको थियो। वि.सं. २००६ चैत २७ मा नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणबाट औपचारिक रूपमा नेपाली कांग्रेस स्थापना भयो। यो पार्टीले राणा शासनविरुद्ध २००७ क्रान्ति, २०४६ को जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनमा निर्णायक भूमिका निर्वाह ग¥यो।
तर स्थापनादेखि नै गुटबन्दी र विभाजनको इतिहास छः
२००९ तिरै बीपी र मातृका प्रसाद कोइराला बीच मतभेदले पार्टी विभाजित भयो।
२०५९ मा शेरबहादुर देउवालाई पार्टीबाट निष्कासन गरेपछि उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे। यो ठूलो विभाजन थियो। पछि वि.सं. २०६४ मा एकीकरण भयो।
हालका वर्षहरूमा पनि गुटगत द्वन्द्व चर्कियो। विशेष महाधिवेशनबाट गगन थापा सर्वसम्मत सभापति चुनिए, जसले पार्टीमा नयाँ आशा जगाएको थियो।
स्थापनादेखिका प्रमुख निर्वाचन सफलता र असफलता:
नेपाली कांग्रेसले तीन पटक बहुमत प्राप्त गरेको एक मात्र दल हो। प्रमुख निर्वाचनहरू यस प्रकार छन्ः
आम निर्वाचन २०१५ (फागुन ७ देखि चैत २० सम्म): १०९ सिटमध्ये ७४ जितेर दुईतिहाइ बहुमत। बीपी कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बने। (ठूलो सफलता)
आम निर्वाचन २०४८ः २०५ सिटमध्ये ११० जितेर बहुमत। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री। (सफलता)
मध्यावधि निर्वाचन २०५१ः ८३ सिट, दोस्रो स्थान। (असफलता)
आम निर्वाचन २०५६ः १११ सिट जितेर बहुमत। कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री, पछि गिरिजाप्रसाद। (सफलता)
संविधानसभा निर्वाचन २०६४ः दोस्रो स्थान।
संविधानसभा निर्वाचन २०७०ः १९६ सिट जितेर पहिलो। सुशील कोइराला प्रधानमन्त्री। (सफलता)
प्रतिनिधिसभा निर्वाचन २०७४ः ६३ सिट, दोस्रो।
प्रतिनिधिसभा निर्वाचन २०७९ः ८९ सिट (प्रत्यक्ष ५७, समानुपातिक ३२), पहिलो दल।
प्रतिनिधिसभा निर्वाचन २०८२ (फागुन २१ गते): प्रत्यक्षमा १८, समानुपातिकमा २० गरी जम्मा ३८ सिट मात्र। रास्वपाले झन्डै दुईतिहाइ (१८२ सिट) जित्दा कांग्रेस इतिहासकै सबैभन्दा कमजोर अवस्थामा। (ठूलो असफलता)
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा