
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
स्याङ्जा, २३ फागुन । स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धनञ्जय रेग्मी प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन्।
उनले निकटतम प्रतिस्पर्धीलाई १० हजार २१४ मतको ठूलो अन्तरले पछि पार्दै यो जित हासिल गरेका हुन्। निर्वाचन आयोगको तथ्यांकअनुसार रेग्मीले कुल २९ हजार ७१ मत प्राप्त गरे।
उनका मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतराज ढकाल ले १८ हजार ८५७ मत ल्याएर दोस्रो स्थानमा रहे। यस्तै, नेकपा (एमाले)का मीनप्रसाद गुरुङ ले १६ हजार ८०४ मत प्राप्त गरी तेस्रो भए भने नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरे ले १ हजार ५५२ मत सहित चौथो स्थानमा चित्त बुझे।
रेग्मी यसअघि पर्यटन तथा जलवायु परिवर्तन क्षेत्रमा सक्रिय थिए। जापानबाट पीएचडी गरेका उनी विगतमा त्रिभुवन विश्वविद्यालयमा पनि अध्यापन गरिसकेका छन्। निर्वाचन अभियानका क्रममा उनी पछिल्लो ६ महिनादेखि रास्वपामा सक्रिय राजनीतिमा लागेका थिए र स्याङ्जाका गाउँगाउँमा पुगेर जनताका समस्या सुनेर चुनावी मैदानमा उत्रिएका थिए।
यो क्षेत्रमा कुल १ लाख ३० हजार ८८६ मतदाता थिए। जसमध्ये ७० हजार ९४४ मत खसेको थियो। खसेका मतमध्ये २ हजार ९०८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
यहाँ ११ वटा दलका उम्मेदवार र एक स्वतन्त्रसहित कुल १२ जना प्रतिस्पर्धामा उत्रिएका थिए। रेग्मीको यो जितले स्याङ्जा–१ मा नयाँ राजनीतिक शक्तिको उदयलाई संकेत गरेको छ।