
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
मनाङ, २२ फागुन । मनाङबाट नेपाली कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङ दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र उम्मेदवारी खारेजीको मागसहित अदालतमा रिट परे पनि मनाङका मतदाताले उनलाई विजयी बनाएका हुन् ।
मनाङको राजनीतिमा पार्टी वा सिद्धान्तभन्दा बढी व्यक्तिगत सञ्जाल, परिवार, सम्बन्ध, प्रभाव र स्थानीय पहुँचले निर्णायक भूमिका खेल्ने गरेको चर्चा छ । यस पटक पनि टेकबहादुरलाई सर्वसम्मत बनाउने प्रयास भए पनि नेकपाबाट यशोदा सुवेदी (नेकपा नेता देव गुरुङकी पत्नी, पूर्वसंविधानसभा सदस्य) र मंगोल अर्गनाइजेसनका रामबहादुर घलेले अस्वीकार गरेपछि त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।
यशोदा सुवेदीलाई देव गुरुङले आफ्नो गृह जिल्ला मनाङबाट उठाएका थिए, तर बाहिरबाट आएकी उम्मेदवारलाई स्थानीय समुदायसँग सम्बन्ध र पहुँच नहुँदा जित्न कठिन भएको नेताहरूको भनाइ छ ।
अन्य प्रमुख दलहरूले भने टेकबहादुरलाई सहयोग गरे । नेकपा (एमाले) का पूर्वसांसद पाल्देन छोपाङ गुरुङले उम्मेदवारी दर्ता गरे पनि फिर्ता लिँदै समर्थन गरे । राप्रपाका कुविरसिंह गुरुङले पनि उम्मेदवारी फिर्ता लिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनिल गुरुङलाई टिकट दिए पनि उनले मनोनयन दर्ता नै गरेनन्, जसलाई दीपक मनाङे (राजीव गुरुङ) सँग समन्वयमा टेकबहादुरलाई सहयोग गरेको रूपमा व्याख्या गरिएको छ ।
टेकबहादुरमाथि काठमाडौंको भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोग छ । विशेष अदालतले २०७९ फागुन १६ मा दोषी ठहर गर्दै २०७९ फागुन २५ मा १ करोड २१ लाख ८४ हजार ४०१ रुपैयाँ जरिवाना तोकेको थियो ।
सर्वोच्च अदालतले २०८० चैत १६ मा संसद्मा भाग लिन पाउने फैसला गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनरावेदनका कारण मुद्दा अझै विचाराधीन छ । यसै आधारमा दयानिधि पौडेलले उम्मेदवारी खारेजीको माग गर्दै रिट दिएका थिए, तर अदालतले दर्ता गर्न अस्वीकार गरेको थियो ।
कांग्रेसका गगन थापा नेतृत्वमा आएपछि पनि २०७९ मा जितेका टेकबहादुरलाई नै दोहो¥याएर टिकट दिइएको थियो । मनाङमा मतदाताले विकास, परिवर्तन र स्थानीय प्रभावको आधारमा उनलाई फेरि संसद् पठाएका छन् । राजनीतिक वृत्तमा सांसद भए पनि निलम्बन हुन सक्ने चर्चा भए पनि मतदाताको भरोसाले उनको जित सुनिश्चित भएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा