
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
मनाङ, २२ फागुन । मनाङबाट नेपाली कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङ दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र उम्मेदवारी खारेजीको मागसहित अदालतमा रिट परे पनि मनाङका मतदाताले उनलाई विजयी बनाएका हुन् ।
मनाङको राजनीतिमा पार्टी वा सिद्धान्तभन्दा बढी व्यक्तिगत सञ्जाल, परिवार, सम्बन्ध, प्रभाव र स्थानीय पहुँचले निर्णायक भूमिका खेल्ने गरेको चर्चा छ । यस पटक पनि टेकबहादुरलाई सर्वसम्मत बनाउने प्रयास भए पनि नेकपाबाट यशोदा सुवेदी (नेकपा नेता देव गुरुङकी पत्नी, पूर्वसंविधानसभा सदस्य) र मंगोल अर्गनाइजेसनका रामबहादुर घलेले अस्वीकार गरेपछि त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।
यशोदा सुवेदीलाई देव गुरुङले आफ्नो गृह जिल्ला मनाङबाट उठाएका थिए, तर बाहिरबाट आएकी उम्मेदवारलाई स्थानीय समुदायसँग सम्बन्ध र पहुँच नहुँदा जित्न कठिन भएको नेताहरूको भनाइ छ ।
अन्य प्रमुख दलहरूले भने टेकबहादुरलाई सहयोग गरे । नेकपा (एमाले) का पूर्वसांसद पाल्देन छोपाङ गुरुङले उम्मेदवारी दर्ता गरे पनि फिर्ता लिँदै समर्थन गरे । राप्रपाका कुविरसिंह गुरुङले पनि उम्मेदवारी फिर्ता लिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनिल गुरुङलाई टिकट दिए पनि उनले मनोनयन दर्ता नै गरेनन्, जसलाई दीपक मनाङे (राजीव गुरुङ) सँग समन्वयमा टेकबहादुरलाई सहयोग गरेको रूपमा व्याख्या गरिएको छ ।
टेकबहादुरमाथि काठमाडौंको भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोग छ । विशेष अदालतले २०७९ फागुन १६ मा दोषी ठहर गर्दै २०७९ फागुन २५ मा १ करोड २१ लाख ८४ हजार ४०१ रुपैयाँ जरिवाना तोकेको थियो ।
सर्वोच्च अदालतले २०८० चैत १६ मा संसद्मा भाग लिन पाउने फैसला गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनरावेदनका कारण मुद्दा अझै विचाराधीन छ । यसै आधारमा दयानिधि पौडेलले उम्मेदवारी खारेजीको माग गर्दै रिट दिएका थिए, तर अदालतले दर्ता गर्न अस्वीकार गरेको थियो ।
कांग्रेसका गगन थापा नेतृत्वमा आएपछि पनि २०७९ मा जितेका टेकबहादुरलाई नै दोहो¥याएर टिकट दिइएको थियो । मनाङमा मतदाताले विकास, परिवर्तन र स्थानीय प्रभावको आधारमा उनलाई फेरि संसद् पठाएका छन् । राजनीतिक वृत्तमा सांसद भए पनि निलम्बन हुन सक्ने चर्चा भए पनि मतदाताको भरोसाले उनको जित सुनिश्चित भएको छ ।