
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, ६ माघ । आज मंगलबार प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदैछ। फागुन २१ गते हुने यो निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा एकैदिन मनोनयन दर्ताको प्रक्रिया सुरु हुनेछ।
प्रमुख राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन्। नेकपा (एमाले), नेकपा (नेपाली कम्युनिष्ट पार्टी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता ठूला दलहरूले अपवादबाहेक सबैजसो क्षेत्रमा उम्मेदवार तय गरेका छन्। केही विवादित क्षेत्रमा भने मंगलबार बिहानसम्म अन्तिम टुंगो लाग्ने तयारी छ।
एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापामा पुगिसकेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट चुनाव लड्दै छन् भने नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहटबाट उम्मेदवारी दिन तयार छन्। रास्वपाका सभापति रवि लामिछाने चितवन २ बाट उठ्ने भएका छन् भने वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा पुगिसकेका छन्।
उम्मेदवारी दर्ता गर्न प्रत्येक निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। यी कार्यालयहरूले उम्मेदवार तथा दलहरूलाई समय तालिका पनि प्रदान गरिसकेका छन्। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।
उम्मेदवारले मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ। महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई भने धरौटीमा ५० प्रतिशत छुट दिइएको छ। मनोनयनपत्रसँगै नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीमा नाम भएको निस्सा, प्रस्तावक र समर्थकको हस्ताक्षर, दलको औपचारिक पत्र, स्वघोषणा पत्र (सम्पत्ति, ऋण आदि विवरणसहित), राजीनामा निस्सा (यदि सरकारी पदमा बहाल थिए भने) लगायतका कागजात अनिवार्य पेस गर्नुपर्छ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताको क्रममा तडकभडक नगर्न विशेष आग्रह गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बाजागाजासहितको प्रदर्शन पूर्ण रूपमा निषेधित रहेको बताउँदै आचारसंहिता उल्लंघन गर्नेलाई कठोर कारबाही हुने चेतावनी दिएका छन्। उनले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने दाबी पनि गरे। आचारसंहिताअनुसार मनोनयन दर्ता जाँदा २५ जनाभन्दा बढीको जुलुस लैजान नपाइने व्यवस्था छ।
उम्मेदवारी दर्तापछि बुधबार उजुरी दिने समय, जाँचबुझ र नामावली प्रकाशनको प्रक्रिया हुनेछ। शुक्रबारसम्म नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गरिनेछ। त्यसपछि फागुन ३ देखि १८ गतेसम्म १५ दिन प्रचारप्रसारको अवधि रहनेछ। मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।
यो निर्वाचनमा १३७ दल दर्ता भएका छन्। दलहरूले उम्मेदवार छनोटमा अन्तिम तयारी गरिरहेका छन् भने नेताहरू आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन्।