
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
पोखरा, ६ माघ । आज मंगलबार प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदैछ। फागुन २१ गते हुने यो निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा एकैदिन मनोनयन दर्ताको प्रक्रिया सुरु हुनेछ।
प्रमुख राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन्। नेकपा (एमाले), नेकपा (नेपाली कम्युनिष्ट पार्टी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता ठूला दलहरूले अपवादबाहेक सबैजसो क्षेत्रमा उम्मेदवार तय गरेका छन्। केही विवादित क्षेत्रमा भने मंगलबार बिहानसम्म अन्तिम टुंगो लाग्ने तयारी छ।
एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापामा पुगिसकेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट चुनाव लड्दै छन् भने नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहटबाट उम्मेदवारी दिन तयार छन्। रास्वपाका सभापति रवि लामिछाने चितवन २ बाट उठ्ने भएका छन् भने वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा पुगिसकेका छन्।
उम्मेदवारी दर्ता गर्न प्रत्येक निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। यी कार्यालयहरूले उम्मेदवार तथा दलहरूलाई समय तालिका पनि प्रदान गरिसकेका छन्। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।
उम्मेदवारले मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ। महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई भने धरौटीमा ५० प्रतिशत छुट दिइएको छ। मनोनयनपत्रसँगै नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता नामावलीमा नाम भएको निस्सा, प्रस्तावक र समर्थकको हस्ताक्षर, दलको औपचारिक पत्र, स्वघोषणा पत्र (सम्पत्ति, ऋण आदि विवरणसहित), राजीनामा निस्सा (यदि सरकारी पदमा बहाल थिए भने) लगायतका कागजात अनिवार्य पेस गर्नुपर्छ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताको क्रममा तडकभडक नगर्न विशेष आग्रह गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बाजागाजासहितको प्रदर्शन पूर्ण रूपमा निषेधित रहेको बताउँदै आचारसंहिता उल्लंघन गर्नेलाई कठोर कारबाही हुने चेतावनी दिएका छन्। उनले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने दाबी पनि गरे। आचारसंहिताअनुसार मनोनयन दर्ता जाँदा २५ जनाभन्दा बढीको जुलुस लैजान नपाइने व्यवस्था छ।
उम्मेदवारी दर्तापछि बुधबार उजुरी दिने समय, जाँचबुझ र नामावली प्रकाशनको प्रक्रिया हुनेछ। शुक्रबारसम्म नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गरिनेछ। त्यसपछि फागुन ३ देखि १८ गतेसम्म १५ दिन प्रचारप्रसारको अवधि रहनेछ। मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।
यो निर्वाचनमा १३७ दल दर्ता भएका छन्। दलहरूले उम्मेदवार छनोटमा अन्तिम तयारी गरिरहेका छन् भने नेताहरू आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन्।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन