
१२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
पोखरा, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै दलमार्फत अघि बढ्ने गरी ७ बुँदे सहमति भएको छ। यो सहमति ‘बृहत् एकता’ का रूपमा भएको हो र दुवै नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार, रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आसन्न निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिने छ। सहमतिपत्रको मुख्य बुँदामा भनिएको छ : ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।’
सहमतिपत्रमा नेपालको समतामूलक उन्नति, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। आम नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै दुवै पक्ष एकतामा सहमत भएका छन्।
सहमतिको पहिलो बुँदामा भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जी (नवयुवा) आन्दोलनको अपनत्व लिने र घाइते तथा शहीद परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। दोस्रो बुँदामा नीतिगत, संस्थागत र संरचनागत सुधार गरी नेपाललाई एक दशकभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा समर्पित हुने उल्लेख छ।
रास्वपाको नाम, झण्डा र चुनाव चिन्ह यथावत रहने सहमति भएको छ। पार्टीको संगठनात्मक संरचनालाई सक्षम बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने प्रावधान पनि राखिएको छ।
सहमतिपछि निर्वाचन आयोगमा पार्टीको अभिलेख अद्यावधिक गर्ने र समानुपातिक उम्मेदवारहरूको सूची बुझाउने तयारी भइरहेको छ। बालेन पक्षका उम्मेदवारहरू पनि रास्वपाबाटै प्रतिस्पर्धा गर्ने भएका छन्। यसैगरी, अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबन्द हुन आह्वान गरिएको छ।
हस्ताक्षरपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् : ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।’ यो सहमतिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा वैकल्पिक शक्तिहरूको बृहत् एकताको सङ्केत दिएको छ। यद्यपि, कुलमान घिसिङसँगको छलफल जारी रहे पनि यो सहमतिमा उनको नाम उल्लेख छैन।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ