
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच राजनीतिक सहकार्यको अन्तिम निर्णय आज (शनिबार) हुने भएको छ। दुवै पक्षका दोस्रो तहका नेताहरू सम्मिलित मस्यौदा समितिले सहमतिको प्रारम्भिक खाका तयार गरे पनि शुक्रबार दुवै नेता व्यस्त भएकाले अन्तिम छलफल शनिबारका लागि सारिएको हो।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा वैकल्पिक राजनीतिक शक्तिहरूको एकीकरणका लागि जारी संवाद निर्णायक चरणमा पुगेको छ। सोमबार करिब ६ घण्टा र बिहीबार अढाई घण्टासम्म चलेको प्रत्यक्ष वार्तापछि दुवै नेताले सहकार्यको रणनीतिक खाका तयार गर्न दोस्रो तहका नेतालाई जिम्मेवारी दिएका थिए।
रास्वपाबाट असिम शाह, शिशिर खनाल र आसिफ शाह तथा मेयर शाहका तर्फबाट सल्लाहकार कुमार बेन र भूपदेव शाह सम्मिलित मस्यौदा समितिले शुक्रबार प्रारम्भिक खाका तयार पारेको थियो। स्रोतका अनुसार मस्यौदामा मुख्य सहमति यस प्रकार छ ः
एकीकृत पार्टीको सभापति रवि लामिछाने नै रहने।
पार्टीमा दोस्रो वरीयतामा मेयर बालेन्द्र शाह रहने।
निर्वाचनपछि बहुमत प्राप्त भए मेयर शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने।
यद्यपि पार्टीभित्र शक्ति सन्तुलन (जस्तै ५०–५०, ६०–४० वा ७०–३० प्रतिशत), पार्टी नाम, चुनाव चिह्न, झन्डा तथा अन्य वैकल्पिक शक्तिहरूको व्यवस्थापनका विषयमा विभिन्न विकल्पहरू राखिएका छन्। यी विषयमा थप छलफल आवश्यक रहेको समितिका सदस्यहरूले बताएका छन्।
यसैगरी जेन–जी आन्दोलनका अगुवाहरूको सम्मानजनक व्यवस्थापन पनि प्रमुख एजेन्डा बनेको छ। मेयर शाहले जेन–जी समूहलाई प्राथमिकता दिनुपर्ने अडान राखेका छन्। अन्य क्षेत्रका प्रतिष्ठित व्यक्ति तथा वैकल्पिक शक्तिहरू (जस्तै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी, धरानका मेयर हर्क साम्पाङ, धनगढीका मेयर गोपाल हमाल आदि) लाई समेट्ने स्पेस सिर्जना गर्ने विषय पनि छलफलमा छ।
शुक्रबार मेयर शाह महानगरको नगरसभामा तथा सभापति लामिछाने पार्टीको आन्तरिक छलफल र कानुनी प्रक्रियामा व्यस्त भएकाले मस्यौदालाई अन्तिम रूप दिन सकिएन। दुवै पक्षका नेताहरूले छलफल सकारात्मक रहेको र आजै टुंगो लाग्ने विश्वास व्यक्त गरेका छन्।
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भने, “वृहत् वैकल्पिक एकताको छलफल सकारात्मक छ। सबैलाई विन–विन हुने नतिजा खोज्दा समय लागेको हो।” मस्यौदा समितिका सदस्य असिम शाहले पनि “सकारात्मक छलफल जारी छ, आज टुंगो लाग्छ” भनेका छन्। यदि सहमति जुटेमा यो एकताले परम्परागत दलहरूलाई ठूलो चुनौती दिने अपेक्षा गरिएको छ। सहमति नजुटेमा मेयर शाह आफ्नै नेतृत्वमा छुट्टै दल अघि बढाउने तयारीमा रहेको बुझिएको छ।