
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
वासिङ्टन । अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् ।
उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्नेछ । एफडिएबाट अनुमति प्राप्त गरेमा औषधिको प्रयोगका लागि सुरक्षित मानिने छ ।
उक्त खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन । यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ ।
अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ । यूकेले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ ।
जुन महिनायता पहिलोपटक त्यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको मृत्यु भएको थियो ।
यदि एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक “केही घण्टाभित्रै खोप वितरण गर्न तयार“ भएको उनीहरूले बताएका छन् ।
विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोनाभाइरसको आनुवांशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ ।
फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन ‘विश्वलाई कोभिड–१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा’ भएको टिप्पणी गरे ।
सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन(सीडीसीपी) ले कसलाई पहिला दिने भन्ने निधो गर्नेछ ।(रासस/एएफपी)