
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, २८ भदौ। जेन–जी आन्दोलनका एक साहसी योद्धा, १७ वर्षीय अनिष सापकोटा, अहिले पोखराको गण्डकी मेडिकल कलेज, पृथ्वीचोकमा जीवन र मृत्युसँग जुधिरहेका छन्। भदौ २४ मा पोखरा महानगरपालिका अगाडिको प्रदर्शनमा प्रहरीको अश्रुग्यासको सेल उनको अनुहारमा लाग्दा उनी बेहोस भएका थिए। दुईवटा शल्यक्रिया सम्पन्न हुँदा पनि अनिषको अवस्था गम्भीर रहेको र उनको होश फर्किन नसकेको अस्पताल स्रोतले जनाएको छ।
पोखरा–९, शान्तिवनवाटिकामा बस्दै आएका अनिषकी आमा अम्बिका सापकोटाले छोराको उपचारमा आर्थिक संकट र एक्लोपनले आफूहरूलाई थप पीडा भएको बताएकी छन्। ‘जेन–जी आन्दोलनका साथीहरूबाट अपेक्षित साथ र सहयोग नपाउँदा मन भक्कानिएको छ,’ अम्बिकाले दुखेसो पोखिन्। उपचारमा ठूलो रकम खर्च भइरहेको र आर्थिक अभावले उपचार प्रक्रिया प्रभावित हुने जोखिम रहेको उनले बताइन्।
जेन–जी आन्दोलन, जुन भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवाहरूको स्वस्फूर्त आन्दोलनको रूपमा सुरु भएको थियो, देशभर चर्चाको विषय बनेको छ। तर, यो आन्दोलनमा सहभागी एक युवाको जीवन संकटमा पर्दा उनको परिवार एक्लो भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचारका लागि सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको भए पनि, गण्डकी मेडिकल कलेजमा भइरहेको उपचारमा थप आर्थिक सहायता आवश्यक देखिएको छ।
सहयोगको अपिल: अनिषको जीवन रक्षाका लागि सबैबाट सहयोगको अपेक्षा गरिएको छ। आर्थिक सहायता, सन्देश साझा, वा अस्पतालमा पुगेर परिवारलाई साथ दिने कार्यले पनि ठूलो अर्थ राख्नेछ। “हाम्रो सानो सहयोगले अनिषको जीवन बाँच्न सक्छ। हाम्रा एक योद्धालाई अस्पतालको बेडमा छटपटाउन नदिऔँ,” स्थानीय एक युवाले भावुक हुँदै भने।
सहयोगका लागि सम्पर्क: अम्बिका सापकोटा (अनिषकी आमा) – ९८४६०८२६६७