
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, १२ साउन । पोखरा महानगरपालिका–२७, रिठ्ठेपानीस्थित शान्ति खहरे टोलमा जग्गा बिक्रीको विषयमा भएको विवादले उग्र रूप लिँदा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी शयामबाबु ओलियाका अनुसार मृतक ५३ वर्षीया जमुना नेपाली सार्कीको हत्याको आरोपमा उनका श्रीमान् ५८ वर्षीय जङ्गे सार्कीलाई पक्राउ गरिएको छ।
साउन ८ गते राति करिब १० बजेको समयमा पोखरा–२७, रिठ्ठेपानीस्थित आफ्नै घरको सुत्ने कोठामा जमुना मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानका अनुसार साउन ६ गते राति जङ्गेले खाना खाएर एक गिलास रक्सी पिएपछि जग्गा बिक्रीको विषयमा श्रीमतीसँग विवाद भएको थियो। विवाद चर्किंदै जाँदा आवेशमा आएका जङ्गेले जमुनालाई दुई मुक्का प्रहार गरी भित्तामा ठोक्काएका थिए। त्यसपछि उनी घरबाहिरको टिनको टहरामा सुत्न गएका थिए।
भोलिपल्ट साउन ७ गते बिहान जङ्गे छिमेकीको घरमा चिया खान गए र त्यसपछि ठेकेदारलाई भेट्न भन्दै शिसुवातर्फ लागे। दिनभर फर्केर नआएका उनले साँझ घर फर्किएर खाना बनाई खाए तर श्रीमतीको अवस्थाबारे कुनै चासो देखाएनन्। साउन ८ गते साँझ ५ः१५ बजे स्थानीयले घरबाट गन्ध आएको जानकारी दिएपछि प्रहरीले अनुसन्धान थालेको हो। मृतकको शव सडिसकेको र दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको थियो। पोस्टमार्टम रिपोर्टले मृत्युको कारण टाउकोमा गम्भीर चोट भएको पुष्टि गरेको छ।
जङ्गे र जमुना विगत २०–२१ वर्षदेखि रिठ्ठेपानीको सुकुम्बासी टोलमा अस्थायी छाप्रो बनाएर बस्दै आएका थिए। माछापुच्छ्रे गाउँपालिका–५, रिमान स्थायी घर भएका यी दम्पतीको जीवनस्तर निम्न रहेको प्रहरीले जनाएको छ। जङ्गे मिस्त्रीको काम गर्थे भने जमुना घरायसी काममा संलग्न थिइन्। जङ्गेको पहिलो श्रीमतीले ३५–३६ वर्षअघि एक छोरालाई छोडेर अर्को विवाह गरेपछि जमुनाले ती छोरालाई हुर्काएकी थिइन्। हाल ती छोरा विवाहित भई माछापुच्छ्रे–५, रिमानमा परिवारसहित बस्दै आएका छन्।
जङ्गेलाई साउन ८ गते नै पक्राउ गरिएको छ। कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो घटनाले समाजमा बढ्दो घरेलु हिंसा र त्यसले निम्त्याउने दुखद परिणामलाई उजागर गरेको छ। यस्ता घटनाले परिवार र समाजमा गहिरो प्रभाव पार्ने भएकाले यस्ता विषयमा सचेतना र संवेदनशीलताको खाँचो रहेको स्थानीयले बताएका छन्। प्रहरीले पनि यस्ता घटना न्यूनीकरणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन