
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
काठमाडौँ । नेपाल प्रहरीमा एक प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरेको गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिनुभयो ।
सङ्घीय संरचनाअनुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृह सचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको सङ्गठनात्मक स्वरुप निर्धारण प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा दरबन्दी थप भएको गौतमले जानकारी दिनुभयो । सोही प्रतिवेदनको एक अङ्गको रुपमा दरबन्दी रहेको थियो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै प्रहरी समायोजन र बढुवाको आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । गत वर्ष नै प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भइ कानूनको अङ्ग बनिसकेको छ ।
यद्यपि प्रहरी समायोजन प्रक्रिया शुरु हुन सकेको थिएन । प्रदेशमा प्रहरी समायोजन गर्दा प्रहरी उपरीक्षक र त्यसभन्दा माथिको प्रहरी कर्मचारी सङ्घअन्तरगत रहने कानूनी व्यवस्था छ ।
अब मेट्रोको नेतृत्व एआइजीले गर्ने
दरबन्दी थप भएसँगै महानगरीय प्रहरी कार्यालय (मेट्रोे प्रहरी) को नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले गर्नुहुने छ । हाल यहाँ डिआइजी विश्वराज पोखरेलको नेतृत्व छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्व रहेको स्थान साइबर व्यूरो, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान निर्देशनालय, कार्य निर्देशनालय, अन्वेषण योजना तथा विकास निर्देशनालयमा र प्रदेश समन्वय निर्देशनालयमा डिआइजीले नेतृत्व गर्ने प्रवक्ता कडायतले जानकारी दिनुभयो ।
हाल प्रहरीमा एक प्राविधिकसहित चार एआइजी र प्राविधिकबाहेक १४ डिआइजी छन् । थपिएको दरबन्दीसहित एआइजी पाँच र प्रशासनतर्फ डिआइजीको दरबन्दी १९ पुगेको छ । प्राविधिकतर्फ आठ डिआइजीको दरबन्दी छ । तीन डिआइजीको दरबन्दी अहिले पनि खाली छ । थपिएको एक एआइजी र खालीसहित आठ डिआइजीको बढुवा प्रक्रिया अब शुरु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने