News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

दुईवटा प्याराग्लाइडिङ दुर्घटना, फेवातालमा खसेका चार जनाको सकुशल उद्धार

पोखरा, २८ जेठ । पोखर–१८ तोरीपानीबाट उडेको दुईवटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई आज बुधबार दिउँसो फेवातालको बीचमा खस्न पुगेको छ । सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण पोखराबाट फेवा रेस्क्यु टावरमा खटिएको टोलीले उनीहरुको सकुशल उद्धार गरेको छ ।

दुईवटा प्याराग्लाइडिङ एकैपल्ट दुर्घटनामा परेपछि फेवातालमा खसेका चारजनालाई सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव, ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारीलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।