
१काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
२कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
३स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
९मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१०गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
११तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
१२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
पोखरा, २८ जेठ । विद्यार्थीलाई कुटेर अस्पताल भर्ना हुन पर्ने गरी घाइते बनाउने अमरसिंह माध्यमिक विद्यालय रामघाट पोखरा-१२ का शिक्षक दीपक दाहाललाई मंगलबार बर्खास्त गरिएको छ । विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले अभिभावक र विद्यार्थी माझ माईन्यूट पढ्दैं शिक्षक दाहाललाई बर्खास्त गरिएको जानकारी गराए ।
कक्षा १० (ख)का छात्र अच्युत केसीलाई आइतबार कम्प्युटर शिक्षक दाहालले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ष्णप्रसाद कोइरालाको अध्यक्षतामा बसेको बैठकले शिक्षक दाहालसँग स्पष्टिकरणको माग गरी शिक्षा नियमावली अनुसार बर्खास्त गर्ने निर्णय गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्कुलका प्रधानाध्यापक, शिक्षक, पीडित अभिभावक तथा विभिन्न विद्यार्थी संगठनका जिम्मेवार नेताहरुको उपस्थितिमा भएको बैठकमा अब आउने समयमा यस्ता गतिविधि दोहोरिन नदिने निर्णय समेत गरिएको छ ।

शिक्षकको कुटाईबाट घाइते भएका विद्यार्थी
जेठ २५ गते आइतबारका दिन शिक्षक दाहालले अच्युतलाई अनुहारमा रगत नैं जम्ने गरी कञ्चन र कान वरपर दर्जनौंपटक थप्पड र मुक्कैं मुक्काले हानेका प्रत्यक्षदर्शी विद्यार्थीहरुले बताएका छन् । यसअघि पनि कैयौं विद्यार्थीलाई शिक्षक दाहालले यसरी नैं निर्घात कुटपिट गर्दै आईरहेका थिए ।
उनले यसभन्दा अघि पढाउने विभिन्न स्कुल र अमरसिंह माविमा समेत विद्यार्थीको हातैं भाँचिदिएकोमा उपचार खर्च व्यहोर्दै घटना गुपचुप राखिएको आरोप अभिभावकहरुले लगाएका छन् ।
यस घटनाका सन्दर्भमा अखिल (समाजवादी)का केन्द्रीय सचिव प्रकाश बास्तोला ‘मार्शल’, नेवि संघका केन्द्रीय सदस्य निर्दोष विक्रम पौडेल, अखिल (समाजवादी)का कास्की जिल्ला इञ्चार्ज पुरन पुन, अनेरास्ववियु कास्की जिल्ला अध्यक्ष होम तामाङ, अनेरास्ववियु कास्की जिल्ला उपाध्यक्ष नितेश घिमिरे, अनेरास्ववियु कास्की जिल्ला सचिव गणेश ढुङ्गाना, अखिल (क्रान्तिकारी) पोखरा महानगर इञ्चार्ज मनिष तामाङ, विद्यार्थी नेता मिलन देवकोटा लगायतको निरन्तर खबरदारी र दवाव पछि शिक्षक दाहाललाई बर्खास्त गरिएको हो ।
बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोइराला, सदस्यहरु क्रमशः गोविन्दप्रसाद घिमिरे, बलराम ढुङ्गाना, शान्तबहादुर थापा, धनमाया गुरुङ, प्रेमप्रसाद गौतम, शिक्षक प्रतिनिधि राजेन्द्रप्रसाद बस्ताकोटी, इन्द्रप्रसाद गुरुङ र प्रधानाध्यापक पोखरेलको उपस्थिति रहेको थियो । त्यसैगरी शिक्षक अभिभावक संघका सभापति बुद्धिबहादुर घिमिरे, धनमाया गुरुङ, सहायक प्रधानाध्यापक सुदिप आचार्य, राजेन्द्रप्रसाद अधिकारी र तिलक तिवारी लगायतको बैठकमा सहभागिता रहेको थियो ।
धनमायाको गैरजिम्मेवारपूर्ण प्रस्तुती :

धनमाया गुरुङ
बैठकका क्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य धनमाया गुरुङको प्रस्तुति भने निकै अशोभनीय देखिन्थ्यो । सदस्य गुरुङले पीडित अभिभावकलाई थप पीडा र अपमान हुने गरी बोलिरहेकी थिईन् ।
उनको भनाईले गर्दा एकछिन विवाद चर्किएको र बैठकमा सबै आक्रोशित भएका थिए । सदस्य गुरुङले आफ्नो शैली र प्रस्तुती नसुधार्ने हो भने पुनः यस्ता घटनामा विद्यालय व्यवस्थापन समितिले नैं ठुलो झमेलाको सामना गर्नुपर्ने देखिन्छ ।
शिक्षक र व्यवस्थापन समितिको मनोपली :
साथैं बैठकमा कक्षा १० मा पढ्ने विद्यार्थीहरुलाई जबरजस्ती ट्युसन पढ्न बाध्य बनाउने, आफ्ना निजी होस्टेलहरुमा बस्न बाध्य बनाउने र निजी होस्टेल सञ्चालकको ईशारामा विद्यार्थीमाथि त्रास फैलाउने गरेको गुनासो अभिभावकहरुले राखेका छन् ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुले आफ्ना बुहारी, नातेदार लगायत जनप्रतिनिधिका आफन्तलाई बिना प्रतिस्पर्धा जागिर लगाउने र मनोपली गर्ने गरेको आरोप पनि विद्यार्थी संगठनका नेताहरुले लगाएका छन् । यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले आफ्नो कमिकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा यसलाई सच्याएर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन