
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, २५ जेठ । अमरसिंह माध्यमिक विद्यालय, रामघाटका कम्प्युटर शिक्षक दिपक दाहालले आइतबार आज एक विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । घाइते विद्यार्थीको पार्कल्याण्ड हस्पिटल अमरसिंहमा उपचार भईरहेको छ ।
कक्षा १० (ख) मा पढ्ने एकजना छात्रलाई कम्प्युटर शिक्षक दाहालले देव्रे साइडको कन्चट र कानको बिचको जोर्नींमा मुक्कै मुक्काले हानेका थिए । रिसले विक्षिप्त बनेका शिक्षक दाहालको कुटाईबाट विद्यार्थीको अनुहार भरी पनि चोट लागेको छ ।
घाइते विद्यार्थीको कानमा बढि चोट लागेको र श्रवण क्षमतामा समस्या देखिएको उपचारमा संलग्न अभिभावकले डन न्यूजलाई जानकारी दिए । घाइते विद्यार्थीका अनुसार आइतबार अन्तिम पिरियडमा ट्युसन क्लासका विषयमा जानकारी दिईरहँदा सामान्य हाँसेको विषयलाई लिएर उनीमाथि निर्घात कुटपिट भएको थियो ।

अमरसिंह माध्यमिक विद्यालय, पोखरा–१०, रामघाट ।
शिक्षक दाहालले किन हाँसेको भन्दैं निर्घात रुपमा कुटपिट गर्न थालेपछि अन्य छात्राहरु आत्तिएर रुवावासी गरेका थिए । एकदमैं पागल जसरी आक्रोशित भएर कुट्न थालेपछि विद्यार्थीहरु शुरुमा त डरले केही समय चुपचाप बसेको तर पछि कुट्दा कुट्दै सास नै फेर्न नसक्ने अवस्थामा साथी ढलेपछि सबै आत्तिएर साथी मर्यो सर छोडिदिनुस् न भन्दैं होहल्ला गरेको प्रत्यक्षदर्शी विद्यार्थीले अभिभावकलाई बताएका छन् ।
गर्दनमा समातेर विद्यार्थीलाई घोक्राउँदैं उनले कक्षा कोठाको सबैभन्दा अगाडि लगेर थप पिट्नका लागि एकजना विद्यार्थीलाई पाइप ल्याउन समेत लगाएका थिए । ती अर्का विद्यार्थीले पिट्न नमिल्ने खालको अलि लामो पाइप ल्याइदिएको विद्यार्थीहरुले बताए । त्यहीं बेलामा अर्का शिक्षक कक्षा कोठामा आईपुगेपछि मात्र बल्ल उनले पिट्न छाडेका थिए ।
विद्यार्थीका अनुसार यस अघि पनि शिक्षकले यसैंगरी एकजना विद्यार्थीको हात नैं भाँचिदिएका थिए । पटक-पटक विद्यार्थी यसरी कुटिईरहँदा पनि विद्यालय प्रशासनले आजसम्म कडाईका साथ कारवाही गरेको भने देखिदैंन ।
पोखराको शैक्षिक क्षेत्रमा बेग्लैं पहिचान बनाएको यस विद्यालयमा हुने यस्ता अराजक र अपराधिक घटनाले विद्यार्थीको मानसिकतामा पार्ने असर, त्रास र अभिभावकहरुले भोग्नु परेको सन्तापलाई समयमा नैं सम्बन्धित निकायले उचित सम्बोधन नगर्ने हो भने भयावह स्थिति आउने निश्चित छ ।

मरणासन्न हुने गरी विद्यार्थी कुट्ने शिक्षक दीपक दाहाल ।

शिक्षकको कुटाईबाट घाइते भएका विद्यार्थी
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर