
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौँ, २१ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई पदबाट राजीनामा गर्न असजिलो भएमा संसदीय वा न्यायिक छानबिन समिति गठन गर्न तयार हुनुपर्ने प्रमुख प्रतिपक्षी माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन् । छानबिन समिति गठन गर्न सरकार तयार भएमा संसद्को अवरोध हट्ने पनि उनको भनाइ थियो ।
प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध भएपछि माओवादी प्रमुख सचेतक पाण्डेले छानबिन समिति गठन गरेमा सदन अगाडि बढ्न सक्ने बताए । ‘मार्ग प्रसस्त गर्नमा गृहमन्त्रीलाई असजिलो भइरहेको छ भने छानबिन समिति बनाउने बारेमा सरकारको तर्फबाट बोलिदिनुस्, त्यसपछि सदन अगाडि बढाउँ,’ पाण्डेले भने ।
प्रतिनिधिसभामा जेठ १३ देखि विपक्षीले उठाएका विषयवस्तु मुलुकको सुशासनसँग सम्बन्धित रहेको र त्यसबाट पछि हट्न नसकिने पाण्डेको भनाइ छ । सत्तारुढ दलहरू भिजिट भिसा प्रकरणको छानबिन गर्न पनि तयार नरहेको उनले बताए । ‘विपक्षी दलहरूले सदन रोक्न खोजेको छैन । हामी प्रतिपक्षी भएको हिसाबले जनताको आवाज बोल्ने हो,’ उनले भने ।
गृहमन्त्रीलाई संसद्मा बोल्न दिनका लागि प्रतिपक्ष तयार रहेको पनि पाण्डेले बताए । ‘आरोप लागिसकेपछि बोल्न पाइँदैन भनेका छैनौं । विगतमा हाम्रो अध्यक्ष प्रधानमन्त्री हुँदा पनि बोल्न दिनुपर्छ भनेको हुनाले अहिले पनि बोल्न दिनुपर्छ भनेको हो । यो विषयको बारेमा बोल्नुप¥यो । छानबिन समिति बनाउने हो भनेर बोल्नुभए हुन्छ,’ उनले भने । सरकारको तर्फबाट गृहमन्त्री, प्रधानमन्त्री वा कानुनमन्त्री जो बोले पनि प्रतिपक्षलाई मान्य हुने तर छानबिन समिति बनाउनुपर्ने उनले बताए ।
सत्तापक्षले गृहमन्त्रीको राजीनामासँगै छानबिन बनाउन पनि अस्वीकार गरेको र संसद् खोल्न आग्रह गरिरहेको पाण्डेले बताए । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा सत्तापक्षले अवरोध अन्त्य गरेर सदन चल्न दिनुपर्ने माग गरिरहेको पाण्डेको भनाइ थियो ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक भ्रमणमा जाने नागरिकहरूसँग रकम असुली हुने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईलगायत केही कर्मचारीहरू विरुद्ध अनुसन्धान अघि बढाएको छ । यस मुद्दालाई लिएर विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । संसद् बैठक अवरोधकै कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी