
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
३२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
४काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
७नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
८रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
९सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
काठमाडौँ, २१ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई पदबाट राजीनामा गर्न असजिलो भएमा संसदीय वा न्यायिक छानबिन समिति गठन गर्न तयार हुनुपर्ने प्रमुख प्रतिपक्षी माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन् । छानबिन समिति गठन गर्न सरकार तयार भएमा संसद्को अवरोध हट्ने पनि उनको भनाइ थियो ।
प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध भएपछि माओवादी प्रमुख सचेतक पाण्डेले छानबिन समिति गठन गरेमा सदन अगाडि बढ्न सक्ने बताए । ‘मार्ग प्रसस्त गर्नमा गृहमन्त्रीलाई असजिलो भइरहेको छ भने छानबिन समिति बनाउने बारेमा सरकारको तर्फबाट बोलिदिनुस्, त्यसपछि सदन अगाडि बढाउँ,’ पाण्डेले भने ।
प्रतिनिधिसभामा जेठ १३ देखि विपक्षीले उठाएका विषयवस्तु मुलुकको सुशासनसँग सम्बन्धित रहेको र त्यसबाट पछि हट्न नसकिने पाण्डेको भनाइ छ । सत्तारुढ दलहरू भिजिट भिसा प्रकरणको छानबिन गर्न पनि तयार नरहेको उनले बताए । ‘विपक्षी दलहरूले सदन रोक्न खोजेको छैन । हामी प्रतिपक्षी भएको हिसाबले जनताको आवाज बोल्ने हो,’ उनले भने ।
गृहमन्त्रीलाई संसद्मा बोल्न दिनका लागि प्रतिपक्ष तयार रहेको पनि पाण्डेले बताए । ‘आरोप लागिसकेपछि बोल्न पाइँदैन भनेका छैनौं । विगतमा हाम्रो अध्यक्ष प्रधानमन्त्री हुँदा पनि बोल्न दिनुपर्छ भनेको हुनाले अहिले पनि बोल्न दिनुपर्छ भनेको हो । यो विषयको बारेमा बोल्नुप¥यो । छानबिन समिति बनाउने हो भनेर बोल्नुभए हुन्छ,’ उनले भने । सरकारको तर्फबाट गृहमन्त्री, प्रधानमन्त्री वा कानुनमन्त्री जो बोले पनि प्रतिपक्षलाई मान्य हुने तर छानबिन समिति बनाउनुपर्ने उनले बताए ।
सत्तापक्षले गृहमन्त्रीको राजीनामासँगै छानबिन बनाउन पनि अस्वीकार गरेको र संसद् खोल्न आग्रह गरिरहेको पाण्डेले बताए । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा सत्तापक्षले अवरोध अन्त्य गरेर सदन चल्न दिनुपर्ने माग गरिरहेको पाण्डेको भनाइ थियो ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक भ्रमणमा जाने नागरिकहरूसँग रकम असुली हुने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराईलगायत केही कर्मचारीहरू विरुद्ध अनुसन्धान अघि बढाएको छ । यस मुद्दालाई लिएर विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । संसद् बैठक अवरोधकै कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन