
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा, २० जेठ । राइड सेयरिङ नियमावली कार्यान्वयनबाट गण्डकी प्रदेश सरकार पछि हटेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले एक महिनाका लागि नियमावली कार्यन्वयन स्थगन गर्ने निर्णय गरेको हो ।
केन्द्र सरकारको अनुरोधअनुसार एक महिनाका लागि नियमावलीमा भएका राइड सेयरिङसम्बन्धी प्रावधान कार्यान्वयन प्रक्रिया स्थगत गर्ने निर्णय भएको प्रदेशसचिव एवं वार्ता समिति संयोजक ई. कमलकुमार अधिकारीले आज मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यातायात व्यवसायीसँग वार्ता गर्न एक महिनाको समय दिँदै मन्त्रालयले भनेको छ, ‘उल्लिखित अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन ) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनी निर्णय भएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ ।’
यातायात व्यवसायीको दबाबमा गण्डकी प्रदेश सरकार झुकेको घटनाले नेपालमा संघीय शासन प्रणालीको कार्यान्वयनमा आएका चुनौतीहरूलाई उजागर गरेको छ । गण्डकी प्रदेशले आफ्नो एकल अधिकार क्षेत्र (यातायात व्यवस्थापन) मा नियमावली लागू गर्न खोज्दा केन्द्र सरकारले हस्तक्षेप गरी व्यवसायीको मागमा झुकेको छ ।

यसले “संघीयताको मर्ममा प्रहार“ भएको छ । संविधानले प्रदेशलाई दिएको स्वायत्ततालाई यस घटनाले चुनौती दिएको छ । राइड सेयरिङ्ले परम्परागत यातायात सिन्डिकेटलाई प्रतिस्पर्धी बनाएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए। सरकारले यसलाई कानुनी ढाँचामा ल्याउन खोजेता पनि व्यवसायीको आन्दोलन र सिन्डिकेटका मतियारका अगाडि राज्य निरीह देखिएको छ ।
सर्वोच्च अदालतले राइड सेयरिङलाई कानुनी रूपमा मान्यता दिन पहिले नै निर्देशन दिइसकेको छ । तर सरकारले अदालतको आदेशलाई पनि व्यवसायीको दबाबमा कार्यान्वयन गर्न सकेन, जसले कानूनको शासनमा कमजोरी देखाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले ‘पछि हट्दिनँ’ भनेता पनि केन्द्र र व्यवसायीको दबाबमा एक महिनाको लागि स्थगन गर्नुपर्ने अवस्था आउनुले प्रदेश सरकारको निर्णय क्षमतामा प्रश्नचिन्ह उठेको छ । यदि एक महिनामा सहमति हुन सकेन भने गण्डकी प्रदेशले नियमावली जारी गर्ने दाबी भने गरेको छ ।
राइड सेयरिङले यात्रुहरूलाई सस्तो र सुविधाजनक विकल्प दिएपछि यो देशव्यापी रुपमा यो लोकप्रिय भएको हो । तर व्यवसायीहरूले आफ्नो एकाधिकार (सिन्डिकेट) कायम राख्न सरकारलाई झुकाएका छन् ।
यातायात व्यवसायीका आन्दोलनका कार्यक्रम सबै स्थगित
सार्वजनिक यातायात बचाऊ केन्द्रीय आन्दोलन परिचालन कमिटीका संयोजक एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आन्दोलनका कार्यक्रम सबै स्थगित भएको बताए । उनका अनुसार थप विवरण बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइने छ ।
राइड सेयरिङ नियमावलीसँगै व्यवसायीहरुले सरकारसँग विभिन्न ६ बुँदामा सहमति गरेका थिए । सरकारी वार्ता टोली र सार्वजनिक यातायात व्यवसायीबीच भएको सहमतिमा गण्डकी प्रदेश लगायतका प्रदेश सरकारहरुद्वारा विभिन्न मितिमा जारी गरिएका निजी सवारी साधन (रातो नम्बर प्लेटका) लाई यात्रु बोक्न दिनेगरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावलीहरु यससम्बन्धी संघीय कानुनहरु तर्जुमाको क्रममा रहेकोले सो कार्यान्वयनमा नआउँदासम्म सम्बन्धित प्रदेशका राईड सेयरिङसम्बन्धी नियमावलीहरु स्थगन गर्न गण्डकी प्रदेश सरकार लगायतका प्रदेश सरकारहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत अनुरोध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गर्नेलगायत उल्लेख गरिएको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु