
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, १९ जेठ । सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिई रहँदा उल्टैं राईड सेयरिङ कम्पनी र राइडरहरुले लुट मच्चाएका छन् । पोखरामा बढी भाडा असुल्ने २३ जना राईडरहरुलाई प्रहरीले पक्राउ गरेर कारवाही गरेको छ ।
बढी भाडा असुल्ने २३ जना इनड्राइभ राईडरहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाही गरेको छ । दुई दिनको अवधिमा जिप्रका कास्कीबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा विभिन्न स्थानबाट २३ जना चालक र सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
यातायात व्यवस्था ऐन २०४९ अनुसार चेकजाँच गर्ने क्रममा बढी भाडा लिएको पाईएको हुँदा कारवाही गरिएको जिप्रका कास्कीका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिए ।
यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेको अवस्थामा राम्रो सेवा प्रदान गरेर मन जित्नु पर्नेमा उल्टैं मौकाको फाईदा उठाउँदैं राइड सेयरिङ सञ्चालकहरूले मनपरी भाडा असुलेपछि सर्वसाधारणहरु रुष्ट भएका छन् । साधन फरक तर ठगी झन् मौंलाउन थालेपछि यसले इनड्राइभ राईडरहरुप्रति नकारात्मक धारणा बन्दैं गईरहेको छ । त्यसो त चाडपर्वको समयमा समेत राइड सेयरिङ कम्पनीहरूले चर्को भाडा असुले पछि यसको व्यापक विरोध भएको थियो ।
सार्वजनिक यातायात व्यवसायीको आन्दोलनले सर्वसाधारणलाई सास्ती परेको बेलामा राइड सेयरिङ कम्पनी र राइडरहरूले मौकाको फाइदा उठाउँदै उच्च भाडा असुलेपछि यात्रुहरू दोहोरो मारमा परेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने नियमावली लागू गरेपछि यातायात व्यवसायीहरूले प्रदेशभर सार्वजनिक यातायात सेवा ठप्प पारेर देशव्यापी रुपमा नैं आन्दोलन गरिरहेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा चलिएको यो आन्दोलनले गर्दा लामो र छोटो दूरीका बस, ट्याक्सी र सार्वजनिक ढुवानी सेवा सबै अवरुद्ध भएका छन् । यस्तो अवस्थामा राइड सेयरिङ कम्पनी र राईडरहरुले ठगी गर्न थालेपछि झन् यसप्रति आममानिसहरुमा नकारात्मक प्रभाव बढ्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले नियन्त्रणमा लिएका सवारी साधनहरु :

१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई